जडीबुटी संरक्षण र संकलनले आम्दानी

कर्णाली क्षेत्र जडीबुटीको भण्डार नै मानिन्छ । त्यहाँको जडीबुटीलाई उचित संरक्षण, संकलन र सही ढंगले बजारीकरण गर्न सकेमा कर्णालीको जडीबुटीले मुलुककै आर्थिक सम्वृद्धिमा सहयोग पुग्छ । तर राज्यले प्रयाप्त चासो नदिँदा जडीबुटीको न सही ढंगले पहिचान हुन सकेको छ, नत उचित मुल्य नै प्राप्त हुन सकेको छ । जनस्तरबाट जेजति भैरहेको छ त्यो प्रयाप्त छैन् । कालिकोट जिल्लाको साविकको पाँखा गाविस वडा नम्वर १,२,३ र ४ वडा तथा हाल खाँडाचक्र नगरपालिका वडा नम्वर ८ मा रहेको चाल्ने चुत्ताडा सामुदायिक वन पनि त्यस्तै जडीबुटीको भण्डार क्षेत्र हो ।

तर राज्यले ध्यान नदिँदा सामुदायिक वनका उपभोक्ताले संरक्षणमा जति मिहिनेत गरेका छन् त्यसअनुसारको प्रतिफल भने उनीहरुले प्राप्त गर्न सकेका छैनन् । ज्ञण्ढ २०५४ सालमा दर्ता भएको यो सामुदायिक वनले संरक्षण, वृक्षरोपण, जडीबुटी संकलन र उपभोक्ताको आयआर्जनलाई मुख्य प्राथमिकताका साथ अघि बढाएको छ । जडीबुटी नै यहाँको आम्दानीको मुल श्रोत भएकोले वनमा जडीबुटी रोप्ने र त्यसका लागि नर्सरी स्थापनालाई जोडदिएको छ ।

सामुदायिक वनभित्र कुट्की, चिराईतो, सतुवा, जटामसी, पाखनवेद, जैतुन, सुगन्धवाल, वन लसुन, अतिसी, कुरिलो, टिमुर, अमला, तेजपात, ढटेलो, लोक्ता, गुच्ची च्याउ जस्ता बहुमुल्य जडीबुटी प्रसस्तै पाइन्छ । यिनै जडीबुटी संकलन र निकासी मार्फत उपभोक्ताले राम्रै कमाई समेत गर्दै आएका छन् । तर जति हुनुपर्ने हो त्यति हुन सकेको छैन् । यस्तै लौठोसल्ला, धुपी, बाझ खोटो, ढाक, लगायतका रुखबिरुवाको जंगल छ ।

संरक्षणसँगै वनको स्तर नबिग्रने गरी कार्ययोजना अनुसार उपभोक्तालाई वनपदावार उपया ै ेगमा समुहले समन्वय गर्दै आएको छ । वनश्रोतबाट हुने आम्दानीलाई गाउँको विकास र उपभोक्ताकै आयआर्जन बढाउन लगानी गर्ने गरिएको सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष हंशबहादुर मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार समुहले जडीबुटीको दीगो व्यवस्थापनका लागि संरक्षणमा विशेष ध्यान दिने गरेको छ ।

त्यसैले जथाभावी वन जंगल प्रवेशमै रोक लगाइन्छ भने संकलन र निकासीमा कडा निगरानी गरिँदै आइएको छ । भएका जडीबुटी पनि पुनर्उत्पादन हुने र नमासिने गरि संकलन र निकासीका लागि स्थानीय उपभोक्तालाई खुला गरिन्छ । त्यसरी संकलन र बिक्री गरेर उनीहरुले आफ्नो आम्दानी बढाएका छन् । ५४ हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वन उपभोक्ता समुहमा ३७५ घरधुरी आवद्ध छन् ।

ओखर र स्याउ जस्ता फलफूलको सम्भावना भएकालेले समुहले आगामी दिनमा उपभोक्तालाई फलफूल खेतीमा प्रोत्साहन गर्ने योजना बनाएको छ । यस्तै वनको खाली रहेको क्षेत्रमा जडीबुटी, मसलेदार बिरुवा तथा फलफूल खेतीको सम्भावना भएकोले थप अध्ययन गरिँदैछ । ज्ञज्ञण् उपभोक्ता समुहले खाली वन क्षेत्रमा वृक्षरोपण गरेको छ । थप क्षेत्रमा जडीबुटी रोपेर आम्दानीको श्रोत बढाउने र नर्सरी समेत स्थापना गर्ने काम गरिएको छ । उपभोक्तालाई जडीबुटीको व्यवसायीक खेती गर्न र निजी वनमा समेत खेतीमा प्रोत्साहन गर्दै आएको छ । त्यसो गर्दा निजी क्षेत्रमा पनि स्थानीय बासिन्दाले जडीबुटी खेती गरेर आयआर्जन गर्नसक्छन भन्ने सोच समुहको रहेको पनि अध्यक्ष मल्लले जानकारी दिनुभयो ।

सामुदायिक वन उपभोक्ता समुहले वन संरक्षणसँगै त्यसको सदुपयोग मार्फत गाउँको विकासमा सहयोग गर्दै आएको छ । यस्तै उपभोक्तालाई आयआर्जनमा मद्धत गर्ने र गरिबी न्यूनीकरणमा योगदान गर्ने उद्धेश्यले विभिन्न तालिम मार्फत उनीहरुलाई स्वरोजगार बनाउने काम समुहले गर्दै आएको अध्यक्ष मल्लले बताउनुभयो । दक्ष जनशक्ति उत्पादन गर्ने र उपभोक्तालाई रोजगार बनाउने उद्धेश्यले फर्निचर सम्वनधी तालिम आयोजना गरिएको छ ।

वन कार्ययोजना अनुसार निरन्तर रुपमा वन संरक्षण, व्यवस्थापन, सम्वद्र्धन गर्दै नाङ्गो भूभागमा वृक्षरोपण र नर्सरी निर्माण गरिएको छ । जडीबुटी, वनजन्य बिरुवाहरु उत्पादन तथा वितरण गर्दै आएको समुहले विपन्न कृषकहरुलाई संगठित गर्दै कृषक समूह बनाउन सघाउने र कृषि तथा वनजन्य खेती विस्तार र उद्यम विकासमा सहभागि गराई आय आर्जनका अवसरबाट गरिबी न्यूनीकरण र समतामुलक विकासमा समेत जोडदिने गरेको छ ।

समूहले तरकारी, फलफूल तथा जडीबुटी विकास सम्वन्धी समयानुकुल विकास र विस्तार गर्दै रोजगारीका अवसरहरु सृजना गर्दै आइरहेको छ । यसैगरी बिरुवा वितरण, विउ संकलन गर्ने, आधुनिक तरिकाले खेती गर्न उपभोक्तालाई औषधी, मल, बिषादी तथा आवश्यक कृषि औजारहरुको स्थानीय स्तरमै उपलब्ध गराउने र सहजीकरण गर्ने काम समुहले गर्छ । त्यसबाहेक आवश्यकताका आधारमा महिला तथा युवा लक्षित क्षमता अभिवृद्धि तालिमहरु सञ्चालन गरिएका छन् ।

प्रकाशित मिति : 24 अक्टोबर 2021, आइतवार
प्रतिक्रिया दिनुहोस