समुहको मन, हराभरा वन

ओखलढुङ्गाको सुनकोशी गाउँपालिका वडा नम्वर पाँच मुलखर्कको उजाड रित्तो पाखो अहिले यति छिट्टै सुन्दर, हरियाली र घना वन बन्छ भन्ने स्थानीय रुद्रबहादुर खत्रीलाई समेत त्योबेला पत्यार थिएन् । त्यसैले उहाँ आफैलाई बेलाबेला अचम्म लाग्छ । तर रित्तो पखेरोमा आफैले थालेको काम अहिले बाक्लो वनका रुपमा परिणत भएकोमा खत्री असाध्यै खुसी हुनुहुन्छ । दमखर्क सामुदायिक वनको शुरुको र अहिलेको अवस्थबारे सोध्ने वित्तिकै उहाँले ति दिन सम्झेर भन्नुभयो– “हामीले संरक्षण गर्ने बेलामा त मरुभूमी जस्तै थियो नि, केही थिएनन बिरुवापात ।

स्थानीयले गाईवस्तु चराउने पुरै रित्तोपाखो थियो । अहिले त्यो सम्झदा त आफैलाई अचम्म लाग्छ । ज्ञठठ यत्ति छिट्टै यस्तो घना वन वनला भन्ने हामीलाई पनि लागेको थिएन् तर अहिले सबैले आहा, कस्तो राम्रो वन भनेको सुन्दा खुसी लाग्छ ।” हुन पनि हो, २०५४ सालमा उहाँकै अगुवाईमा संरक्षण थाल्नुअघि मुलखर्कको रित्तो पाखो अहिले जिल्लाकै अब्बल सामुदायिक वनका रुपमा विकास भएको छ । संरक्षणमा समुदायले गरेको योगदानले वन हराभरा र पर्यटकीय स्थलका रुपमा समेत विकास हुँदै गएको छ ।

त्यसैले धेरैले आहा, कति राम्रो वन भन्ने गरेका हुन् । समुहले रोपेका सल्लो प्रजातिका रुखहरु अहिले पाँचदेखि सात फुट अग्ला हल्हलाउँदा भएका छन् । शुरुमा सामुदायिक वन बनाउँदाको पनि आफ्नै कथा छ । त्यो बेलाका अभियानकर्ता, समुहका संस्थापक र हालका पनि दमखर्क सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष पनि उहाँ अर्थात रुद्रबहादुर खत्री नै हुनुहुन्छ । उहाँ भन्नुहुन्छ– अब धेरै भयो, अरुलाई बनाम् भन्दापनि हुन्न, तपाईले जस्तो वनको संरक्षणको काम अरुले गर्न सकिन्न, खट्न पनि हामी सक्दैनौं भन्छन् सबैले ।’ शुरुमा सामुदायिक वन बनाउने प्रस्ताव गर्दा उहाँलाई धेरैले पत्याएनन् । सहयोग पनि गरेनन् ।

तर खत्रीले भने रित्तो पाखो संरक्षण गर्ने हो भने घना वन बनाउन सकिन्छ भन्ने बाहिर फेर हिड्डुल गर्दा र जिल्ला वनको एउटा गोष्ठीमा जाँदा सुनेपछि विश्वास पलाएको थियो । त्यसैले उहाँले गाउँलेहरुलाई प्रस्ताव गर्नुभयो । तर जम्मा २० घरले मात्रै समर्थन गरे । त्यसपछि तिनै २० घरलाई घरधुरी मानेर सामुदायिक वनको अभियान शुरु भयो । ८.४ हेक्टर खाली पाखोमा बिरुवा रोप्न प्रति घर ५० रुपैंयाका दरले रकम संकलन गरियो र सल्लाका बिरुवा प्रतिगोटा पाँच रुपैंयाका दरले किनेर समुहले नै रोप्यो ।

तर खत्रीमाथि कटुन्जेको जाँते क्षेत्रका बासिन्दाले चरिचरन रोकेर वन बनाएको भन्दै आक्रमणको प्रयास नै गरेछन् । त्यो क्षण उहाँलाई अहिले पनि सम्झना छ । “हामीले गाईभैसी चराउने ठाउँमा किन बिरुवा रोपेको भनेर झण्डै कोदालोको पासोले हानेका थिए, मलाई । ”–उहाँले भन्नुभयो । ज्ञठड तर उहाँले हिम्मत हार्नुभएन् । समय फेरिँदै गयो, वन पनि हुर्कदै गयो । अहिले तिनै व्यक्तिहरु सामुदायिक वनको सदस्य बनेका छन् । खत्रीले पनि समेटेरै लानु भएको छ ।

त्यसैले उपभोक्ता घरधुरी बढेर ८० पुगेका छन् । यसरी बिरुवा रोपेर हुर्काएको वन हराभरा हुँदै जाँदा उपभोक्ताले पनि घाँस दाउरा पाउँन थालेका छन् । ओखलढुङ्गा सदरमुकामबाट नजिकै र जिल्लाकै प्रसिद्ध धार्मिकस्थल चम्पादेवी मन्दिर जाने बाटोमा पर्ने भएकोले पनि सामुदायिक वन पर्यटकीय गन्तव्य बन्दै गएको छ । एकादशीमा विशेष मेला लाग्ने चम्पादेवी मन्दिरमा ओखलढुङाका मात्रै हैन, उदयपुर, सोलुखुम्बु र खोटाङसम्मका तीर्थालुहरु आउने गर्छन् । समुहको आफ्नो आम्दानी छैन, तरपनि वन संरक्षणमा योगदान गरिरहेका छन् ।

त्यसैले पनि राम्रो काम गरेको भन्दै सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला शाखाल पाँच लाख रुप े ैंया सघाएकोले पर्यटकीय गन्तव्य स्थलका रुपमा वन क्षेत्रमा केही पूर्वाधार बनाउने काम भएको छ । गोलपार्क बनाउनेदेखि तारबार गर्ने र धुपीका बिरुवा रोप्ने काम गरिएको छ । बस्ने तथा फोटो खिच्ने स्थल बनाइएको छ । अध्यक्ष खत्रीले भन्नुभयो– मन्दिर जाने आउने धेरै मान्छेहरुले आहा कति राम्रो वन भनेर प्रशंसा गरेको म आफैले सुनेँ ।

त्यसपछि आफै जिल्ला वन गएर पर्यटकहरुलाई सजिलो हुने केही संरचना बनाउन पाए राम्रो हुन्थ्यो भनेपछि उहाँहरुले पनि स्विकृति दिनुभयो र बनाईएको हो । समुदायले नै थोपाथोपा पसिना चुहाएर जोगाएको र हराभरा पारेको सामुदायिक वनलाई अझै राम्रो बनाउने र पर्यटकीय स्थलका रुपमा विकास गर्ने लक्ष्य समुहको छ । ‘हामीले अझै धेरै काम गर्न खोजेका छौं । यहाँ खानेपानीको धारा जडान गर्ने, बाटो राम्रो बनाउने, पिकनिक स्थल र बगैंचा निर्माण जस्ता काम गर्न मन छ ।

तर पैसा छैन्–अध्यक्ष खत्रीले अगाडि भन्नुभयो– कसैले सहयोग गरेमा यो वनलाई उत्कृष्ठ बनाउने र यसलाई पर्यटकीय केन्द्रका रुपमा विकास गरेर आम्दानीले समुदायको गरिबी निवारण तथा आयआर्जनमा टेवा पुग्ने बनाउने योजना छ । हेरौं, कसैले सहयोग गर्छ कि ?

प्रकाशित मिति : 13 डिसेम्बर 2021, सोमवार
प्रतिक्रिया दिनुहोस