चुरे संरक्षण, बजार गुल्जार

डङ्गसेरा सामुदायिक वन, डडेलधुरा जिल्लाको परशुराम नगरपालिका वडा नम्वर १२ मा पर्छ । यो प्राकृतिक वन हो । चुरे पहाडमा अवस्थित यो वनको संरक्षणमा स्थानीय उपभोक्ताको यतिधेरै लगाव छ कि, उनीहरुले दुई दशकदेखि काठ निकालेर बाहिर बेच्ने योजना समेत बनाउनन् । जतिसक्यो संरक्षण गर्ने र स्थानीयलाई आवश्यक पर्दा घाँसपात र सुके ढलेका काठ उपयोग गर्ने मात्रै गरिँदै आएको छ ।

त्यसको मुख्य कारण लालढुंगाको यो वन संरक्षण गर्ने र चुरेका खहरेहरुले गर्ने कटानी रोक्ने हो । त्यसो गर्दा प्रत्यक्ष रुपमा देखिने धेरै फाईदा छन् । त्यसमध्ये वन संरक्षणले नजिकैको जोगबुढा बजारलाई जोगाएको छ । खहरले उर्लेर आउँदा बर्खायाममा हुनसक्ने कटानी वनले रोकेको छ द्दण्ट भने संरक्षणमा समुहका उपभोक्ताको प्रयासले बजारसंगै जोडिएको भएपनि वन अतिक्रमण समेत हुन पाएको छैन् ।

पहिला बाढीले जोगबुढा बजार बगाएकोले पनि सामुदायिक वनका रुपमा २०५२ सालमा हस्तान्तरण भएको तीन–चार बर्षपछि नै उपभोक्ताले वनका रुख निकालेर बाहिर बेच्ने कार्ययोजना नै बनाउनन् । यसरी काठपात बेच्ने रहर गरियो भने फेरि कुनैबेला बजार नै बर्खाको बाढीले बगाउँला कि भन्ने चिन्ता भयो । त्यसैले बेच्ने काठ निकाल्दैनौं, बरु वृक्षरोपण गर्दै हुर्काउने काम गरेका छौं–उपभोक्ता समुहका अध्यक्ष लक्ष्यबहादुर थापाले भन्नुभयो ।

समुहको यो प्रयासले पैरो पनि रोकिएको छ । सामुदायिक वन उपभोक्ता महासंघकी केन्द्रीय सदस्य कमला विष्टले पनि जोगबुढाको बजार जोगाउन र वन अतिक्रमण हुनबाट समेत बचाउन डङ्गसेरा उपभोक्ता समुहले धेरै राम्रो काम गरेको बताउनुभयो । संरक्षणमा अब्बल काम गरेको समुहले बगरलाई बगैंचाका रुपमा विकास गरेको छ । जसले गर्दा हराभरा झन बढेको छ र आकर्षक समेत भएको छ खोलाको बगरक्षेत्र । वनको ९ र १० नम्वर प्लटलाई बाँस, खयर, सिसौं कुरिलो रोपेर वन हरियाली बनाइको छ । रंगुन खोलाको छेउ तटवन्ध सरकारले गरेपनि गरेपनि समुदायको अग्रसरता छ ।

डढेलो, भूक्षय जस्ता बिपतका बेला उपभोक्ताहरु तत्काल खटिएर काम गर्छन् । नियमित बैठक बस्ने र वनका काममा योजनावद्ध रुपमा रणनीति बनाएर कार्यान्वयन पनि समुहले सक्रियतापूर्वक गर्दै आएको पूर्व अध्यक्ष लालबहादुर थापाले जानकारी दिनुभयो । ३ सय ९९.२३ हेक्टर क्षेत्रफलमा फैलिएको डङ्गसेरा सामुदायिक वनमा ४ सय घरधुरी उपभोक्ता संलग्न छन् । समुहले वृक्षरोपणलाई प्राथमिकतामा राखेर २ वटा नर्सरी समेत बनाएको छ ।

त्यहाँ सिसम, खयर, कुरिलो, बोँझो लगायतका बिरुवा उत्पादन हुने गरेका छन् । ती बिरुवा वनमा रोप्नेदेखि उपभोक्तालाई आवश्यकता अनुसार दिने र बाहिरका अन्य वन तथा सामुदायिक वनहरुलाई विक्रि वितरण गरेर आयआर्जन गर्ने समेत काम समुहले गरेको छ । द्दण्ठ वन संरक्षण–सम्वद्र्धन–उपयोगलाई मुख्य प्राथमिकतामा राखेर काम गर्दै आएको समुहले उपभोक्तालाई पशुपालनमा सघाएको छ ।

त्यसैले कैयौं उपभोक्ताले भैसी पालेर राम्रो आम्दानी गरेका छन् । कसैले बाख्रापालनबाट आयश्रोत बढाएका छन् भने कसैले तरकारी खेती लगायत आयआर्जनका अन्य विकल्पहरु प्रयोग गर्दै छन् । यसले गरिबी न्यूनीकरणमा थप मद्धत पुगेको छ । उपभोक्ताको आय बढाउन र गाउँमा कामकाजमा सजिलोका लागि सिपमुलक तालिम सञ्चालन गर्ने गरिएको छ । समुहले दुनाटपरी उद्योग चलाउन मेसिन ल्याएर समुहभित्रै समिति बनाएर महिलाहरुलाई दिएको छ ।

जसले गर्दा पुजापाठ, बिहे, वर्तन जस्ता धार्मिक कार्यमा गाउँमै तत्काल दुना, टपरी बनाउने गरिएको छ । यसले आयआर्जन भएको छ र सजिलो पनि भएको छ । यसैगरी सामुदायिक वनले सामाजिक सेवा र विकास निर्माणका काममा पनि लगानी गरेको छ । सामुदायिक भवनहरु, टहराहरु, गोलघर निर्माण गरिएको छ वन क्षेत्रभित्र । यस्तै खेल मैदान, सिचार्इ ं का लागि कुलो निर्माण, माछा पोखरी निर्माण पनि गरेको छ ।

यी पूर्वाधारले सामाजिक गतिविधि र आयआर्जनमा पनि मद्धत पुगेको छ भने स्थानीयहरुका लागि धेरै राहत भएको छ । यस्तै रेडक्रसलाई सहयोग गरेको समुहले सामुदायिक एम्वुलेन्स खरिद गरेर हाम्रो हिस्सेदारी स्वास्थ्यमा पनि छ भन्ने पुष्टि गरेको छ । त्यसले उपभोक्तालाई स्वास्थ्य उपचारमा सहज र केही हदसम्म भएपनि सस्तो र सहुलियत भएको छ । यसरी डडेलधुराको डङ्गसेरा सामुदायिक वनले संरक्षणमा धेरै राम्रा काम गरेको छ भने उपभोक्ताको हितका काममा पनि सहयोग गरेर आफ्नो भूमिका नमुनाका रुपमा प्रस्तुत गरेको छ ।

डङ्गसेरा सामुदायिक वन, डडेलधुरा

प्रकाशित मिति : 24 डिसेम्बर 2021, शुक्रवार
प्रतिक्रिया दिनुहोस