खानेपानी र सिंचाईमा संलग्नता

इलाम सुदुरपूर्वमा अवस्थित प्राकृतिक सुन्दरताले भरिपूर्ण जिल्ला हो । इलाम भन्नेबित्तिकै चिया बगैंचा र सूर्योदयको मनोरम दृश्य लगायत लोभलाग्दा सम्झनाहरु धेरैको स्मरणमा आउँछन् । त्यही इलामको सदरमुकामस्थित इलाम नगरपालिका वार्ड नम्वर ६ मा पर्छ गुम्बाडाँडा सामुदायिक वन । महिलाहरुको सक्रियतामा संरक्षण र सदुपयोग गरिएको यो वन पनि पर्यटकीय आकर्षणको गन्तव्य बनेको छ । त्यसैले सामुदायिक वन अध्ययन तथा अवलोकन भ्रमणको गन्तव्यस्थल समेत बनेको छ ।

देशका धेरै भागबाट उपभोक्ता समुह र अनुसन्धानकर्ताहरु भ्रमणका लागि गुम्बाडाँडा पुग्छन् । हरियाली, पार्क तथा सूर्योदयको मनोरम दृश्य अवलोकनका लागि यहाँ सिजनमा आन्तरिक पर्यटकको घुईंचो नै लाग्छ । त्यसैले पर्यापर्यटनको विकास र विस्तारका योजनाहरु अघि बढिरहेका छन् । वन भित्रको खाली ठाउँमा पार्क निर्माणको काम भइरहेको छ । उक्त पार्क निर्माणका लागि इलाम नगरपालिकाले पाँच लाख रुपैंया लगानी गरेको छ ।

त्यहाँसम्म पग्नु े व्यवस्थित सडक निर्माणका लागि वडा कार्यालयले द्दछढ पनि बजेट विनियोजन गरेर काम भैरहेको छ । स्तरीय सडक बनेपछि आन्तरिक पर्यटनको विकास हुनुका साथै आसपासमा रहेका उपभोक्ताहरु व्यावसायिक र आत्मनिर्भर बन्दै गएका उपभोक्ता समुहका अध्यक्ष निरुमाया राईले जानकारी दिनुभयो । गुम्बाडाँडा सामुदायिक वन महिलाहरुकै अगुवाईमा संरक्षणको काम भैरहेको छ । यहाँको उपभोक्ता समूहमा महिलाहरु मात्रै सहभागी छन् ।

वन ऐन २०४९, वन नियमावली २०५१ र संशोधित वन ऐन २०५५ को अधिनमा रही २०५५ असारमा जिल्ला वन कार्यालय इलाममा विधिवत रुपमा विधान दर्तागरी समूहको स्थापना भएको हो । ६९ घरधुरी उपभोक्ताहरु आवद्ध रहेको गुम्बाडाँडा सामुदायिक वनमा १५० घरधुरी उपभोक्ताहरु आवद्ध छन् । वनको संरक्षण, सम्वर्द्धन र व्यवस्थापन तिनै उपभोक्ताहरुले गर्दै आएका छन् । समूहलाई वन हस्तान्तरण गर्दा चोरीनिकासी, बाढीपहिरो लगायतका कारणले वन क्षेत्र उजाड जस्तै थियो । जब उपभोक्ताको सकृयतामा संरक्षणका काम भए, तब वन हराभरा भएको छ । पानीका मुहानहरु बढेका छन् । त्यही वनमा रहेका पानीका मुहानहरुको सदुपयोग गरी ५० घरधुरी सदस्यहरुलाइ सार्म ुदायिक वन उपभोक्ता समुहकै सक्रियतामा खानेपानीको आपूर्ति गरिएको छ । सिंचाईको पनि व्यवस्थापन गरिएकोले उपभोक्ताहरुले कृषि उत्पादनलाई बढावा दिई जीवनस्तर सुधारेका छन् ।

यसैगरी उपभोक्ता समुहले नर्सरी निर्माण गरी बिरुवा उत्पादन तथा वितरणलाई स्थापनाकालदेखि नै प्राथमिकतामा राखेको छ । यस्तै गुम्बा नजिक रहेको दाहासंस्कार क्षेत्र व्यवस्थित गर्न शवदाह बेदीका निर्माण गरिएको छ । यस्तै अग्निरेखा पनि निर्माण गरिएको छ । जसले वनलाई आगलागीबाट बचाएको छ भने उपभोक्ताहरुले गरेका कृषि उत्पादन ओसारपसार गर्न र पैदल यात्रीका लागि सहज भएको छ । यसले सदस्यहरूको आर्थिक सुधारमा अहम् भूमिका खेलेको छ । जब वन उजाड अवस्थामा थियो त्यहाँ अम्रिसो, बाँस, अलैची रोपेर आम्दानीको दिगो स्रोत बनाइएको थियो अहिले वृक्षरोपण र प्राकृतिक द्दटण् पुनरुत्पादनको संरक्षण गरी वन हराभरा बन्दै जाँदा आयमूलक खेती भने कम हुँदै गएको छ ।

वनभित्र रहेका घाँस, सोत्तर, दाउरा, काठ आदिको मूल्य निर्धारण गरी विक्रि वितरण गरिएको रकमबाट सामुदायिक विकासका कामहरु भइरहेका छन् । समूहको आफ्नै कार्यालय भवन निर्माण गरिएको छ । उपभोक्ता सदस्यका छोराछोरी मध्येबाट छात्रा गरिब र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गरिएको छ । गरिबी न्यूनीकरण कार्यक्रम अन्तर्गत समूहको सम्पन्नता स्तर क, ख, ग, घ गरी ४ वर्गमा विभाजन गरिएको छ । यसैलाई आधार मानेर समुहले २०६०–६१ देखि गरिबी न्यूनीकरण कार्यक्रमको थालनी गरिएको छ । सुरुमा समूहको ‘घ’ वर्गमा परेका १० घर उपभोक्ताहरुलाई बाख्रापालन र सुंगुरपालन कार्यक्रममा सहभागी गराई कार्यक्रमको थालनी गरिएकोमा हाल ग वर्गका सदस्यहरुलाई समेत उपलव्ध गराइएको छ । जनही १५ सय पुँजीबाट सुरुभएको कार्यक्रममा हाल प्रतिव्यक्ति ६ हजार रुपैंयामा पुगेको छ ।

समूहले उपलब्ध गराएको माउ बाख्रा, सुँगुरबाट थपिँदै गएर राम्रो आयआर्जन समत भएका े े छ । त्यसको मल समेत मौसमी र बेमौसमी तरकारी खेतीमा लगाई त्यसबाट पनि दिगो आम्दानी भइरहेको छ । यस्तै सामुदायिक वनको नजिकमा रहेको देवकोटा, जनकल्याण, सत्यनारायण आधारभूत विद्यालय तथा, सप्तमाई गुरुकुललाई प्राथमिक उपचारका सामग्री वार्षिकरुपमा प्रदान गरिँदै आएको छ । सामुदायिक वनमा योगदान गरेका समूह सदस्यमध्ये उत्कृष्टलाई सम्मान र पुरस्कृत गर्ने, वृद्ध अवस्थाका एक महिला र एक पुरुषलाई सम्मान गर्ने काम समुहले गर्दै आएका छन् । वनको संरक्षण सम्वर्द्धन व्यवस्थापन र आयमुलक कार्यक्रममा गरेको योगदान र समूहले गर्दै आएको उत्कृष्ट कामका लागि जिल्ला वन कार्यालय इलामले पटक–पटक पुरस्कृत गर्दै आएको छ ।

प्रकाशित मिति : 28 अप्रिल 2022, बिहिवार
प्रतिक्रिया दिनुहोस