आफ्नो पाखोबारीको उब्जनीले खान नपुगेपछि खेतापाती र गाईवस्तु अधिँयामा गर्ने प्रचलन थियो । त्यसले पनि कति नै धान्छ र ? अनि चाडवाड र पूजापर्वमा साहुसँग सयकडा चार रुपैंयाका दरले ऋण लिएर खर्च चलाउने बाध्यताले धेरैलाई ऋणको बोधले थिचेको थियो । साहु महाजनहरु गाउँमा पैसा उठाउँन आउने र चर्कोव्याजसँगै गाली खानुपर्ने स्थिति धेरैको सम्झनामा ताजै छ । तर जब सामुदायिक वन उपभोक्ता समुह बन्यो तब यो अवस्था फेरिँदै गएको छ ।
सामुदायिक वन उपभोक्ता महासंघको सहयोगमा समुहले घुम्तीकोष वनायो । वनका झण्डै ६० जना उपभोक्तालाई त्यो रकम परिचालन गरियो त्यो पनि बिनाब्याज र केही रकम त अनुदानमा समेत । अनि धेरैले बाख्रा, भैसी, बंगुर र कुखुरा पाल्न थाले । कसैले पसल थापे भने कसैले तरकारी खेती गर्न थाले । अनि त्यसको परिणाम देखिन थाल्यो । आयआर्जन मात्रै बढेन्, सयकडा चारमा ऋण लिनुपर्ने बाध्यता हट्यो । अनि गाउँमा पैसा उठाउन साहूहरु पनि आउन छाडे ।
यि सारा कुरा सुनाउँदा छापगैरी सामुदायिक वन उपभोक्ता समुहकी सचिव लजिता लामा खुसीले फुरुङ्ग । उहाँका अनुसार उपभोक्ता समुहले ५ लाख ७० हजारको घुम्तीकोष परिचालन गर्दै आएको छ । सिंगो वन र समुहको नेतृत्व महिलाले गरेका छन् । बर्षभरीमा साँवा मात्रै फिर्ता हुनेगरि उपभोक्तालाई आयआर्जनका लागि २५ हजार रुपैंयासम्म दिइएको छ । यसरी अहिले सामुदायिक वनका उपभोक्ताले अरुको अधिँया कमाउन छाडेर आफ्नै काम गर्न थालेका छन् भने महिलाहरुले घरधन्दा सम्हाल्ने भएका छन् ।
२०५३ सालमा समुदायलाई हस्तान्तरण गरिएको यो वन २०६६ सालदेखि महिलाहरुले सम्हालेका छन् । एकदम नाजुक रहेको वनको स्तर उकास्न उपभोक्ता समहलू े संरक्षणका लागि महिला समूहलाई भेला गराई सहयोगको माग गरेपछि जिम्मा महिलाहरुले नै लिएका थिए । द्दडज्ञ त्यसैले समुहले सामाजिक सेवा अनि महिलाहरूको विकास, उन्नति र उत्थानको निम्ति विभिन्न काम गर्दै आएको छ ।
वन संरक्षणको जिम्मेवारी आफूहरुसँग आएपछि ज्ञान, सिप नभएपनि जहाँ इच्छा छ त्यहाँ उपाय छ भने झैं वन संरक्षण तथा व्यवस्थापन कार्य उत्कृष्ठ, पारदर्शिता बनाई समुहलाई एउटा नमुनाको रुपमा प्रस्तुत गर्ने अठोट साथ आफूहरु अघि बढ्दा आजको अवस्थामा आइपुगिएको समुहकी सचिव लामाले बताउनुभयो । आफै उपस्थित भई नियाल्ने, वन फडानी, चरिचरन, आगलागी नियन्त्रण, वन्यजन्तुको चोरीशिकारी रोक्ने जस्ता काम भएका छन् ।
पहुँचको आधारमा जग्गा अतिक्रमण गर्न खोज्नेहरुलाई हटाउने काममा खटिँदा महिलाहरुमाथि विभिन्न बाधा अड्चनहरु र विरोधहरु पनि नआएका होइनन्, तर उनीहरुले निरन्तर संरक्षणको काम गरिहेका छन् । जिल्ला वन कार्यालयसहित सबैको साथ र सहयोगमा वन ऐन नियमबारे छलफल गर्दै नर्सरी उत्पादन, अग्नि रेखा निर्माण, वृक्षरोपण जडीबुटी खेती विस्तार, जिविकोपार्जन कार्यक्रम, खानेपानी तथा संरक्षण कार्य जस्ता कार्यक्रम सञ्चालन गरिएको छ ।
महिलालाई प्राथमिकतामा राखेर वनको सदस्यता कार्ड महिलाकै नाममा वितरण गरियो र हरेक बठकमा ै पनि महिला नै सहभागिता गराई आर्थिक क्रियाकलाप तथा रोजगार क्षेत्रमा अगाडि बढाउँदै वन व्यवस्थापन गरेकोले जिल्ला वन कार्यालयबाट २०६८।०६९ मा प्रथम पुरस्कार प्राप्त भएको छ । यसैगरी २०७३।०७४ मा गणेशमानसिंह राष्ट्रिय पुरस्कार प्राप्त गरेको छ छापगैरी सामुदायिक वनले ।
इमान्दारिता, पारदर्शिता, लेखाजोखा, सहजीकरण तथा व्यवस्थापन पक्ष राम्रो भएको कारण छापगैरी वन समूह जिल्लामा मात्र नभएर देशभरि चिनिएको छ । अब वातावरण तथा पर्यटन विकास जडीबुटी र जैविकखेती विस्तारमा जोडदिँदै समग्र वन समूहहरूको र देशको दिगो आर्थिक विकासमा सहयोग पुग्नेगरी काम गर्ने योजना समुहले बनाएको अध्यक्ष भिमकुमारी लामाले जानकारी दिनुभयो ।