वसन्ती राना, जयलक्ष्मी महिला सामुदायिक वन, कञ्चनपुर
बस्ती नै मुक्त कमैयाको, गरिखाने प्रर्याप्त आफ्नो जग्गा जमिन नभएकोले रोजीरोटीको सवाल सबैभन्दा ठूलो समस्या हुने नै भयो । त्यसमाथि शिक्षाको अभावले धेरैजसोले साक्षरताभन्दा माथिको ज्ञान हासिल गर्न पाएनन् । दुःखले जीविका चलाउँदै आएका कञ्चनपुरको कृष्णपुर नगरपालिका, २ को मुक्तकमैया शिविरको यथार्थ यो हो । अधिकांश राना थारु मुक्त कमैंयाहरुको आफ्नो सम्पत्ति भन्नु सरकारले दिएको थोरै जग्गा र त्यहाँ बनाईएका ससाना घर, दुई चारवटा पशु चौपाया हुन् । शिविरमा ५ सय ६९ घरधुरी छन् तर उनीहरु अधिकांशलाई अहिले पनि आफ्नो जत्तिकै चिन्ता वनको छ । किनभने जब सामुदायिक वन उपभोक्ता महासंघले वन संरक्षणमा आवद्ध बनायो, यहाँ धेरै परिवर्तन भएको छ । वसन्ती राना त्यही कृष्णपुर नगरपालिका वार्ड नं. २ वाणी मुक्त कमैया छ शिविरकी अगुवा महिलाको नाम हो । २०५७ मा तत्कालिन देखतभूली गाविसमा वृक्षारोपण गरी संरक्षणमा होमिएकी रानाले अगुवा संरक्षणकर्मीको परिचय बनाउनु भएको छ ।
कृष्णपुरमा वन अतिक्रमण खाली गराउने अभियानमा सहभागी उहाँले लामो समय जयलक्ष्मी महिला सामुदायिक वनको नेतृत्व गर्नुभयो । उहाँ अहिले सल्लाहकारको भूमिका हुनुहुन्छ । जयलक्ष्मी महिला सामुदायिक वन विजय सालका लागि नमुना वन हो । १ सय २९ हेक्टरमा फैलिएको वनका २ सय ८९ घरधुरी उपभोक्ता छन् । तर उहाँले आफूलाई कहिल्यै ठूलो मान्छे ठान्नुभएन् । राना भन्नुहुन्छ–‘म समुहको नेतृत्वमा रहेपनि आफूलाई सधै चौकीदार र उपभोक्ताभन्दा तल छु भन्ने ठान्छु । किनभने उहाँहरुले धेरै काम गर्नुहुन्छ नि ।’ रानाले वाणी खल्ला गोठमा अतिक्रमण हटाएपछि संरक्षणमा जोडिनु भएको हो । अतिक्रमण हटाएपछि समुदायलाई हस्तान्तरण गरिएको जनहित महाकाली सामुदायिक वनमा राना सदस्य हुँदै थालेको यात्राले अहिलेसम्म धेरै परिवर्तन ल्याएको छ ।
अतिक्रमण हटाउन वन कार्यालयका प्रयास निर र्थक भएका बेला स्थानीयले खाली गराएपछि वन कार्यालयले समुदायलाई जनहित महाकाली सामुदायिक वन हस्तान्तरण गरेको थियो । ‘२०५७ सालमा देखतभूलीबाट यहाँ आए, देखतभूलीमा समूह बनाएर २०५३ सालमा रुख रोपेका थियौ, वाणी कमैया पुनः स्थपाना भएपछि यता आएका हौ’ रानाले विगत सम्झिदैं भन्ुनुभयो, ‘अतिक्रमण हटाएपछि सदस्यको जिम्मेवारी पाएर वन संरक्षणमा लागें ।’ मछेली नदीका वारि र पारि दुवैतिर पर्ने जयलक्ष्मी सामुदायिक वनलाई रानाले लगातार तीन कार्यकाल नेतृत्व गर्नुभयो । वृक्षरोपण, जैविक तटबन्ध निर्माण, चरीचरन बन्द र विजयसाल संरक्षणका कार्यक्रम रानाको कार्यकालमा गरिएका हुन् । राना भन्नुहुन्छ– ‘यो विजयसाल धेरैतिर पाईदैन् । त्यसैले संरक्षणका लागि नमुना प्लट बनाएका छौं । पहिला यहाँ एउटा मात्रै माउ रुख थियो । अरु ३ सय ३५ वटा ससाना बोट थिए । त्यसपछि हामीले चरीचरन बन्द गरेर नयाँ विरुवा जोगायौं । अनि एक हजारवटा विजयसालका विरुवा रोपेर हुर्काउँदै छौं ।’ हुनपनि तीन बर्ष अघि रोपेको ट विरुवा ठुलै लाथ्रा भैसकेको छन् ।
नयाँ विरुवा रोप्न फेकोफनले सघाएको छ र अब अरु क्षेत्रमा पनि विजयसालका विरुवा रोपेर क्षेत्र विस्तार गर्ने लक्ष्य छ । विजयसाल संरक्षणसँगै त्यहाँ पाँच घरधुरीमा होमस्टे पनि सञ्चालन गरिएको छ । होमस्टेमा राना थारुको संस्कृति देखाउने र विजयसालको संरक्षण क्षेत्रमा पाहुनाहरुलाई घुमाउने उनीहरुको उद्धेश्य हो । यो सबै अभियानको जस भने वसन्ती रानाले सामुदायिक वनलाई दिनुहुन्छ । उहाँको भनाई छ– पहिला हामीलाई केही थाहा थिएन् । नमस्कार गर्न पनि जान्दैनथ्यौं । सामुदायिक वन बनाएपछि फेकोफनले हामी महिलालाई बोल्न, अलिअलि भएपनि लेख्न, नेतृत्व गर्न र आउजाउ गर्न सिकायो । अहिले कम्तिमा ढुक्कले बोल्न सक्छौं र महिलाहरु जागरुक पनि भएका छांै । हिम्मत गरेर अघि बढेका छौं । वसन्ती रानाको जन्म २०२४ सालमा कृष्णपुरमै भएको हो । उहाँ साढे दुइ बर्षको हुँदा आमा बित्नुभयो ।
त्यसपछि अरुको लगा ध ु ुने, भाँडा माझ्ने, खेतबारीको काम गरेर अरुकै घरमा हुर्किनुभयो । त्यसैले पढ्न पाउनुभएन । तैपनि साहुकै छोराछोरीले पढेको सुनेर, हेरेर अलिअलि लेख्न जान्ने हुनुभएको छ । सानोतिनो अठोटले त्यो सम्भव कहाँ हुन्थ्यो र ? संरक्षणलाई नछाड्ने अठोट लिएकी रानालाई सामुदायिक वन उपभोक्ता महासंघ र सामुदायिक वन समन्वय समितिले पुरस्कार समेत प्रदान गरेको छ । पुरस्कार पाएपछि संरक्षणमा हौसला मिलेको रानाको बुझाई छ । वन संरक्षण, सामाजिक कार्य र राजनीतिलाई रानाले संगसंगै अघि बढाउनु भएको छ । नन्द माध्यमिक विद्यालयको व्यवस्थापन समिति सदस्य, कृष्णपुरमा बाल कल्याण आधारभूत विद्यालयको शिक्षक अभिभावक संघको अध्यक्ष, जय फूलवारी कृषि सहकारीको अध्यक्ष भएर स्थानीयलाई सहकारीमा समेत जोड्नु भएको छ । सामुदायिक वनले आफूलाई अघि बढ्न र सामाजिक काम गर्न सघाएको उहाँको भनाई छ ।