हिउँदको समयमा वन क्षेत्रमा डढेलोको जाखिम बढी हुने गर्दछ । रुखबाट झरेका सुकेका पातमा आगाको झिल्काले भेट्नासाथ डढेलोले उग्र रुप लिन्छ । बर्सेनि नेपालमा हिउँदको समयमा वन डढेलो बढी हुने गरेको तथ्यांक छ ।
वन डढेलोका कारणहरु
प्राकृतिक कारण : चट्याङ, ढुंगा तथा मुढाहरु पल्टिँदा, बाँस एक आपसमा घर्षण हुँदा, बिजुली बत्ती आदी ।
मानव सिर्जित कारण : सामाजिक तथा परम्परागत विश्वास र अभ्यास (बर्खायामका लागि वन पैदावार संकलन, चरण व्यवस्थापन, कृषिजन्य सामग्री संकलन) फोहोरमैला व्यवस्थापन, अन्य (चुरोट, बिँडी, क्याम्प फायर, वनभोजमा बालिने आगो आदी ।)
वन डढेलोको असर
वन डढेलोबाट उत्पादन भएको हावा प्रदुषण गर्ने तत्व मानव स्थास्थ्यमा प्रतिकुल असर,
कार्बनडाइअक्साइड उत्सर्जन तथा विश्वव्यापी तापक्रम वृद्धि
पानीको गुणस्तर भौतिक तथा रसायनिक अवस्था ( तापक्रम तथा पदार्थ, पानीको स्वाद फरक, जीवाणु विकासमा वृद्धि )
माटोको गुणस्तर (प्रत्यक्षरुपमा तापक्रम विस्तारले जैविक, भौतिक तथा रसायनिक अवस्था परिवर्तन तथा अप्रत्यक्ष रुपमा वनस्पति तथा खनिज भूक्षय) वनस्पतिमा असर (बहुमूल्य प्रजाति तथा पुनःउत्पादन तथा प्रकाश संश्लेषण प्रभावित)
वन्यजन्तुमा असर
वन विनास तथा वन क्षयीकरण
वन पारिस्थितिकीय प्रणाली र जैविक विविधतामा परिवर्तन ः दाउरा उपलब्धतामा ह्रास, रैथाने वन्यजन्तु तथा वनस्पतिहरुको नोक्सान, वनको समिश्रणमा परिवर्तन, सुकेका काठ तथा पतिङ्गर नष्ट
वन डढेलो रोकथाम तथा न्यूनीकरण
शिक्षा, जनचेतना, क्षमता अभिवृद्धि
ऐन नियमको प्रभावकारी रुपमा पालना
अग्निरेखा निर्माण, झाडी सरसफाइ
वन डढेलो अनुगमन पद्धति
सहकार्य र सञ्जाल विस्तार गर्ने