वन लाई आय आर्जन संग जोड्नु पर्नेः कोषाध्यक्ष न्यौपाने

सामुदायिक वन उपभोक्ता जिल्ला महासंघ काभ्रेको आयोजनामा पनौती नगरपालिकामा सामुदायिक वनको हक अधिकार सुनिश्चित कार्यक्रम र कार्यन्वयन प्रकृया सम्वन्धमा स्थानीय पालीका स्तरमा पूर्व जानकारी तथा परामर्श कार्यक्रम सम्पन्न भएको छ ।

स्थानीय महासंघका अध्यक्ष इश्वरी घिमिरेको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा पनौती नगरपालिकाको स्थानीय वन ऐनमा भएका विषयवस्तु र यसलाई ब्यवहारीक रुपमा कार्यान्वयनका लागि कार्यविधि मार्फत अगाडी वड्नुपर्ने सहभागिहरुले बताएका छन ।

कार्यक्रमा महासंघका कोषाध्यक्ष सान्ता न्यौपानेले पालिकाले महासंघ सगं समन्वयकारी भूमिका खेल्नुपर्ने बताउदै गरिबको लागि सामुदायिक वन भन्ने उद्देश्यले सुरु गरिएको कार्यमा बारम्बार अप्ठ्यारा सिर्जना भएकोले वन लाई आय आर्जन संग जोड्नु पर्ने बताउनुभयो । सामुदायिक वन उपभोक्त महासंघ नेपालले विशेष गरि वन लगायत प्राकृतिक श्रोत साधनको क्षेत्रमा समुदायसंग उल्लेख्य काम गर्ने र आवश्यक पर्ने मुद्दा उठाउदै आएको बताउनुभयो । संयुक्त रुपमा एउटै आवाज उठाई समुदायको अधिकार कटौती हुने गरि जल, जङ्गल जमिनमा सरकार लगायत अन्तरास्ट्रिय साझेदारी संस्थाहरुको त्यसमा हस्तक्षेप नगर्न आग्रह गर्दै समुदायको अधिकार समुदायले नै प्रयोग गर्न पाउनुपर्ने उहाको भनाई छ ।

कार्यक्रममा समग्र कार्यक्रमको बारेमा जानकारी गराउदै महासंघका कार्यकारी निर्देशक डा. सीता अर्यालले पनौती नगरपालिकामा स्थानीय वन उद्यम सम्भाब्यता पहिचान गरेर आयआर्जनका कार्यक्रम वढाउन सकिने वताउनुभयो । त्यसका लागि महासंघले गर्ने प्राविधिक सहयोग र पालिकाले गर्न सक्ने सहयोगमा आगामी दिनहरुमा छलफल तथा सहकार्य संगै अगाढी वढ्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा वागमती प्रदेश अध्यक्ष विनोद सापकोटाले कानून बनाउदा समुदाय मैत्री बनाउनुपर्ने बताउनु भयो । कार्यक्रममा कानून संयोजक अन्जु न्यौपानेले पनौती नगरपालिकाको स्थानीय वन ऐनमा रहेका मुख्य प्रावधान, ऐनले समेट्न नसकेको विषय र आगामी दिनमा ऐनलाई संसोधन प्रकृयामा लैजादा समेट्न सकिने विषयवस्तु प्रस्तुत गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दे नगर प्रमुख रामेश्वर भण्डारीले कार्यक्रमले समुदायको अधिकार स्थापीत गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको र यस पालिकाले महासंघ संगै समन्वय गर्दे अगाढी वढ्ने प्रतिवद्धता जनाउदै आगामी दिनमा महासंघले निरन्तर रुपमा छलफल का कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । कार्यक्रममा क्षेत्रिय परियोजना संयोजक सन्ध्या नेपालले समन्वय गर्नुभयो ।

 

प्रकाशित मिति : 2 अगस्ट 2023, बुधवार
प्रतिक्रिया दिनुहोस