वन डढेलोबाट जनधनको क्षति!!

सुर्खेत । सुर्खेतको सिम्ता गाउँ पालिका स्थित तामाघारी सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा एक बालकको मृत्यु भएको छ ।

वनमा लागेको डढेलो निभाउने क्रममा उपभोक्ता समुहले निकै प्रयास गरेको थियो । डढेलो निभाउने क्रममा सोही समुहका १० वर्षका प्रतिश वि.क. चैत ७ गते घाईते भएका थिए ।

उनको उपचारका क्रममा निधन भएको सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य चन्द्र प्रसाद थानीले जानकारी दिनुभयो ।

उनी विपन्न परिवारका सदस्य हुन् । परिवारका सदस्यले आरन पेशाबाट गुजारा चलाई रहेका छन् ।

वनमा लागेको डढेलो निभाउने क्रममा बालकको ज्यान गएको घटनाले महासंघलाई ज्यादै मर्माहत बनाएको फेकोफनका महासचिव बिर्खबहादुर शाहीले बताउनुभयो ।

महासंघले देशैभर विभिन्न क्षेत्रमा वनमा अागलागी भैरहेको भन्दै सजग र सतर्कतापुर्वक नियन्त्रमा सरिक हुन पनि सबैलाई अाग्रह गरेको छ । सामुदायिक वन उपभोक्ता महासंघ नेपालले देशैभरीका समुहहरूको डढेलो विमा गरेको पनि जनाएको छ।

प्रकाशित मिति : 26 मार्च 2021, शुक्रवार
प्रतिक्रिया दिनुहोस