काठमाडौँ । “अबको सामुदायिक वन, युवा सहभागिता, हरित अर्थतन्त्र र दिगाे व्यवस्थापन” भन्ने नारासहित मनाइँदै गरेको सामुदायिक वन दिवस २०८३ को चौथो दिन भक्तपुरको सूर्यविनायकस्थित हरियाली सामुदायिक वनमा छलफल तथा अन्तर्कृया आयोजना गरियो ।
छलफलमा फेकोफनका अध्यक्ष ठाकुर भण्डारीले सामुदायिक वन दिवसको अवसरमा एक सातासम्म विभिन्न गतिविधि हुने र यही साउन २५ गते विशेष कार्यक्रम गरिन बताउनुभयो ।

उहाँले हाल देशभर २३ हजार ५ सय ९ सामुदायिक वन उपभोक्ता समूहले २५ लाख १७ हजार ७६२ हेक्टर वन क्षेत्र व्यवस्थापन गरिरहेको उल्लेख गर्दै ३५ लाख २० हजार ९६ घरधुरी सामुदायिक वनमा आबद्ध भएको र वनको संरक्षणमा योगदान गरिरहेको उल्लेख गर्नुभयो ।
फेकोफनका वरिष्ठ उपाध्यक्ष बिर्खबहादुर शाहीले काठ, जडीबुटी तथा गैरकाष्ठ वन पैदावारको आपूर्ति वृद्धि, जैविक विविधिता संरक्षण, जलवायु परिवर्तन न्यूनीकरण तथा विपद् जोखिम न्यूनीकरणमा समेत सामुदायिक वनको महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।
यसैगरी महासचिव पार्वता गौतमले वनमा आधारित उद्यम, सामुदायिक पर्यापर्यटन तथा कृषि वन प्रणालीमार्फत रोजगारी सिर्जना, आयआर्जन र खाद्य सुरक्षामा मद्दत पुगेको जानकारी दिनुभयो ।
सचवि डिल्ली गिरीले सरकारी नितिमा वन पैदावार सङ्कलनमा झन्झटिला अनुमति प्रकृया, दोहोरो करको व्यवस्था हट्न नसक्नु दुखद भएको बताउनुभयो । कार्यक्रममा स्थानीय महासंघका पदाधिकारी तथा सदस्य र उपभाेक्ताहरूकाे पनि सहभागिता थियाे ।


