आर्थिक कमजोर र साना सामुदायिक वनको कार्ययोजना निर्माणमा सरकारले सघाउनुपर्छ- फेकाेफन अध्यक्ष भण्डारी

बर्दिया । सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय अध्यक्ष ठाकुरप्रसाद भण्डारीले आर्थिक रूपमा कमजोर र साना सामुदायिक वनहरुको कार्ययोजना निर्माणमा सरकारले सघाउनुपर्ने बताउनुभएको छ ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपालको आयोजनामा बर्दियाको गुलरियामा भएको सामुदायिक वनको संक्षिप्त कार्ययोजनासम्बन्धी छलफलमा अध्यक्ष भण्डारीले सामुदायिक वनबाट आम्दानी नहुने खालका साना र कम अाय भएका सामुदायिक वनहरूको समस्याबारे आफू जानकार रहेको बताउनुभयो ।


सामुदायिक वनहरूले कार्ययोजना बनाउँदा वनभित्र घाँसपात गर्न जान, सामुदायिक वनको झाडी सरसफाइ गर्न जानसमेत डिभिजन वन कार्यालय रोक लगाउने गरेको सामुदायिक वनका उपभोक्ताहरुले गुनासो रहेको बताउँदै अध्यक्ष भण्डारीले सामुदायिक वनले भोग्दै आएको समस्या र संक्षिप्त कार्ययोजनासम्बन्धी छलफल मार्फत समस्या समाधानका लागि फेकाेफनले समुदाय र सरकारसँग निरन्तर काम गरिरहेको बताउनुभयो ।


उहाँले भन्नुभयो, सामुदायिक वनले भोग्दै आएको समस्याबारे जानकार भएर नै सामुदायिक वनको संक्षिप्त कार्ययोजनासम्बन्धी छलफल चलाइरहेका छौँ । सामुदायिक वन उपभोक्ता महासंघ नेपालले पनि यसका लागि पहल गरिरहेको छ।’

महासंघका केन्द्रीय उपाध्यक्ष मोहम्मदकर खाँले सामुदायिक वनको संरक्षण गर्ने काम समुदायले गरेको र अब वनबाट आर्थिक आर्यआर्जन गर्ने गरी सामुदायिक वन काम गर्न जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अब संरक्षण सँगसँगै आयस्रोत बढाउन गरी वनको उपभोग गर्ने नीति अवलम्बन गर्न जरुरी छ । वनसँग जोडेर उद्योग व्यवसाय सञ्चालन गरी गाउँमा स्वरोजगार र रोजगार हुने वातावरण सिर्जना गर्नुपर्छ।’
डिभिजन वन कार्यालय बर्दियाका प्रमुख टोकलराज चापागाईंले नीतिनियमभित्र रहेर सामुदायिक वनलाई आवश्यक पर्ने सहयोग गर्न कार्यालय तयारी रहेको बताउनुभयो।

कार्यक्रममा समुदायिक वनका उपभोक्ताले आफूले जोगाएको वनमा घाँस–दाउरा गर्न जानसमेत कार्ययोजना बनाउनुपर्ने भएको र उपभोक्ताले भोग्दै आएको समस्या समाधान गर्न सरकारले ध्यान नदिएको भन्दै गुनासो गरेका थिए ।


गुलरिया नगरपालिका– ५ मा रहेको भृकुटी सामुदायिक वन उपभोक्ता समूहकी अध्यक्ष अध्यक्ष शान्ता ज्ञवालीले समुदायको महत्त्वपूर्ण योगदान भए तापनि कार्ययोजना नहुँदा धेरै समस्या भोग्नुपरेको र कार्ययोजना बनाउन पुग्ने आयस्रोत पनि सामुदायिक वनको नभएको बताउनुभयो ।
गुलरिया नगरपालिका– ४ मा रहेको बिन्दवासिनी सामुदायिक वन उपभोक्ता समूह अध्यक्ष अध्यक्ष भवानी खत्रीले कार्ययोजना बनाउन नसकेको कारण वनभित्र ढलेका काठ निकाल्न नमिलेर साह्रै समस्या भएको बताउनुभयो ।

 

प्रकाशित मिति : 30 अक्टोबर 2026, शुक्रबार
प्रतिक्रिया दिनुहोस