वन दिवसका अवसरमा सन्देश

मत हजुर वनको मान्छे वनकै कुरा आउँछ
सवैभन्दा वढी मलाई वनकै माया लाउँछ ।।
स्वास दिन्छ पानि दिन्छ वासलाई देन छ वनको,
वनका लागि धेरै कुरा गर्छु आज मनको ।।
जुर्मुराउनु पर्ने भा छ समुदाय सारा,
महत्वलाई बुझाउने पहिलो अविभार ।।
बैठक, भेला, छलफलमा भयो जुट्ने वेला,
विरुवालाई खाली ठाउँमा सार्ने गरौं खेला ।।
कहाँ रोप्ने कहिले रोप्ने कहाँवाट ल्याउने,
योजनाको निर्माण गरौं सवै कामलाई भ्याउने ।।
छोड्नु हुन्न सम्म मैदान, वगर डाँडा पाखा
हरियाली हेर्न हाम्रा लालयीत छन् आँखा ।
कार्वनको उत्सर्जनलाई रोक्ने मन्त्र वन हो,
वर्तमान र सन्ततीलाई दिने हाम्रो मन हो ।।
सहज अनि प्रभावकारी निती नियम कानुन,
हरेक जनले पालन गरुन यसका कुरा मानुन् ।।
मुर्त रुप लिन सकोस योजनाले पनि,
अनि वन्छ नेपाल हाम्रो सौन्दर्यको खानी ।।
हरित नेपाल हरित पहाड हरित तराई हाम्रो,
हरियाली प्रवर्धनले वन्छ नेपाल राम्रो ।।
यीनै कुरा मनन् गरी वन दिवस मनाउँ
दिवस जस्तै अनन्त काल हरित नेपाल वनाउँ ।।

हरित अभिवादन !!! धन्यवाद

 

२०७८ श्रावण २०, वन दिवसका अवसरमा

डोल कुमारी (प्रतिभा) सापकोटा
सुन्दरवजार नगरपालिका ८, भोटेओडार, लमजुङ्ग
राष्ट्रिय कार्य समिती, सचिवालय सदस्य
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल

प्रकाशित मिति : 4 अगस्ट 2021, बुधवार
प्रतिक्रिया दिनुहोस