महिला समानताको लागि अनवरत रुपमा संकल्प गर्नुपर्नेः अध्यक्ष भण्डारी

सामुदायिक वन उपभोक्ता महासंघ नेपालले लैंङ्गिक हिसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरि मनाइरहेको छ । सोही कार्यक्रम अन्र्तगत महासंघले काठमाडौको वसन्तपुरमा सडक नाटक प्रर्दशन गरेको छ । कार्यक्रमका वोल्दै महासंघका अध्यक्ष ठाकुर भण्डारीले सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको स्थापनाकाल २०५२ देखि नै प्राकृतिक श्रोतमा स्थानीय समुदायको अधिकार स्थापना र महिला समानताको लागि अनवरत रुपमा संकल्प र संघर्ष गर्दै आइरहेको नेपालको शसक्त नागरिक संगठन हो ।

यस संगठनले महिला सहभागिता, नेतृत्व विकास, आर्थिक शसक्तिकरण र संरचनात्मक परिवर्तनका लागि जनवकालत र प्राकृतिक श्रोतमा स्थानीय समूदायको अधिकार संरक्षणका लागी सम्झौताहीन संघर्ष गर्दै आइरहेको बताउनुभयो ।

कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष विर्ख वहादुर शाहीले हाम्रो समाजमा महिला तथा बाल बालिका र पछाडि पारिएको वर्ग विभिन्न खाले हिंसा र असमानताको सिकार हुन विवश छ । यो एक्काइसौं शताब्दीमा हुने गरेका कृयाकलावहरु हुनु दुःखको बिषय भएको वताउनुनभयो ।

सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल स्थापनाकाल देखी नै लैंङ्गिक हिंसा विरुद्ध विभिनन कार्यक्रम गर्दै आएको छ । यसै सन्र्दमा आजदेखि लैंङ्गिक हिंसा बिरुद्धको अभियान अन्तर्राष्ट्रिय नारा “UNITE ! INVEST TO PREVENT VIOLENCE AGAINIST WOMEN AND GIRLS” र राष्ट्रिय नारा लैंङ्गिक हिंसा अन्त्यको सुनिश्चितता ः महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता” का साथ मनाउन गइरहेको छ । आज पनि महिला तथा बालबालिका माथि हुने अमानविय हिंसाको श्रोत बिद्यमान संस्कृति र सम्पत्ति नै हुन् । यसलाई संस्कार, विचार, व्यवहार र कानुनको परिपालनाले नै अन्त्य गर्न सकिन्छ ।

संस्कार, संस्कृतिमा भएका कुसंस्कार, कुरिती र विचार व्यवहार परिवर्तन गर्न सबैको प्रतिबद्धता, कानुनी परिवर्तन र कार्यन्वयनको आवश्यकता छ । त्यस्तै गरेर स्वामित्वको आधारमा सामुदायिक सम्पत्ति, व्यक्तिगत सम्पत्ती र सरकारको अधिनमा रहेको सम्पत्तिहरुमा महिलाको समान अधिकार र पहुँच हुनु पर्दछ । यस महासंघले सामुदायिक सम्पत्तिहरु जल, जंगल, जमिनमा महिलाको पहुँच स्थापनाको लागि वन ऐन, कानुन र नियमावलीमा महिलाको अधिकार स्थापनाको लागि महत्वपूर्ण भूमिका खेलेको छ । यद्यपी यो अझै पूर्ण हुन सकेको छैन । त्यस्तै व्यक्तिगत सम्पत्ति र सरकारको अधिनमा रहेको सम्पत्तिमा पनि समान अधिकारको लागि अनवरत वकालत गरिरहेको छ ।

लैंङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान महासंघले (२०८० मंसिर ९ देखि २४) गते सम्म विभिन्न कार्यक्रम गरेर मनाउने अध्यक्ष भण्डारीले बताउनुभयो ।

प्रकाशित मिति : 27 नोभेम्बर 2023, सोमवार
प्रतिक्रिया दिनुहोस