लैङ्गिक हिंसाविरुद्ध सचेतनामुलक कला प्रदर्शनी

काठमाडौँ- काठमाडौँको वसन्तपुरको काष्ठमण्डप अगाडि लैङ्गिक हिंसाविरुद्ध सचेतनामूलक कला प्रदर्शन गरिएको छ। आज आइतबार महिला हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गतको दोस्रो दिन लैङ्गिक हिंसाविरुद्ध सचेतनामूलक कला प्रदर्शन गरिएको हो।

आभाफर क्रिएटिभिटीको संयोजनमा सामुदायिक वन उपभोक्ता महासंघको आयोजनामा वन क्षेत्रमा हुने लैङ्गिक हिंसाविरुद्ध प्रदर्शन गरिएको हो। हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शनिबारदेखि सुरु भएको छ।

नेपालमा यो दिवस सन् १९९७ देखि विभिन्न कार्यक्रमको आयोजना गरी मनाउन थालिएता पनि विसं २०७५ कात्तिक २९ गतेको मन्त्रिपरिषद्को बैठकले हरेक वर्ष नोभम्बर २५ तारिखलाई महिला हिंसाविरुद्धको १६ दिने अभियान दिवसका रुपमा मनाउने घोषणा गरेको थियो।

 

प्रकाशित मिति : 27 नोभेम्बर 2023, सोमवार
प्रतिक्रिया दिनुहोस