शुभकामना

छव्विस वर्ष पुगि सक्यो , अभियान हाम्रो
गाउँ शहर हिमाल पहाड,सामुदायिक वन राम्रो
निरन्तर वनको विकास ,विरुवा छन हातमा
हिमाल पहा तराईका , समुदाय साथमा ।

नीति कानुन पैरवीमा ,महासंघको जोड
वन रक्षा गर्नलाई , समुदायको होड
सचेतना जगाउँदै ,समुदाय भरि
नेतृत्वमा महिलाको ,दह्रो विकास गरि ।

संघ संस्था देश विदेश , समन्वय गरि
वनको विकास गर्नलाई , आफै अघि सरि
नमूना यो संगठन , महिला पुरुष आधा
काम गर्छन मिलिजुली, छैन कतै वाधा ।

शुभकामना संस्थागत , विकासको लागि
हरियाली वढाउँ सधै , समुदाय जागि
नेतृत्वको कुशलता र सक्षमता राम्रो
देशैभरि हरियाली,शुभेक्षा छ हाम्रो ।
धन्यवाद ।

२०७८/२/१८
नारायण ज्ञवाली
अध्यक्ष
सामुदायिक विद्युत उपभोक्ता राष्ट्रीय महासंघ नेपाल

प्रकाशित मिति : 2 जुन 2021, बुधवार
प्रतिक्रिया दिनुहोस