काठमाडौँ । सामुदायिक वन उपभोक्ता महासंघ नेपालले सामुदायिक वन दिवस सप्ताहव्यापी रूपमा मनाइरहेको छ । त्यही अभियान अन्तर्गत पाँचौ दिन ललितपुर गोदावरीस्थित पातले मुलडोल सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा वृक्षरोपण गरिएको छ ।
डिभिजन वन कार्यालय ललितपुर र पातले मुलडोल उपभोक्ता समूह आयोजक रहेको वृक्षरोपण कार्यक्रममा स्थानीय वन क्षेत्रभित्र विभिन्न प्रजातिका विरुवा रोपिएको थियो ।
त्यस अवसरमा फेकोफन महासचिव पार्वता गौतमले वृक्षरोपणको महत्वमाथि प्रकाश पार्दै देशभर २३ हजार ५ सय ९ सामुदायिक वन उपभोक्ता समूहले २५ लाख १७ हजार ७६२ हेक्टर वन क्षेत्र व्यवस्थापन गरिरहेको बताउनुभएको थियो । सचिव डिल्ली गिरीले नेपालमा वन क्षेत्रको वृद्धिमा उपभोक्ता समूहको योगदान अतुलनीय रहेको उल्लेख गर्नुभयो ।
प्रकाशित मिति : 8 अगस्ट 2026, शनिबार




