
बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर १३ बेलबासमा रहेको जितेश्वरी सामुदायिक वनमा वृक्षरोपण गरिएको छ । सामुदायिक वन उपभोक्ता समूहको सक्रियतामा सामुदायिक वन क्षेत्रभित्र विरुवाहरु रोपिएको हो ।
वातावरण संरक्षणमा टेवा पुर्याउने उदेश्य र सामुदायिक वनभित्र खाली रहेको क्षेत्रमा विरुवा हुर्काउँदै वन क्षेत्र हराभरा बनाउने उद्देश्यले वृक्षरोपणमा गरेको स्थानीय उपभोक्ता समेत रहनुभएकी सामुदायिक वन उपभोक्ता महासंघ नेपालकी न्यायिक समिति संयोजक रिता घिमिरेले जानकारी दिनुभयो ।
जितेश्वरी सामुदायिक वन ९०५ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।
जितेश्वरी सामुदायिक वनमा पर्यावरण जोगाउन ‘एक वन एक पोखरी निर्माण’ अभियान अन्तर्गत पोखरी निर्माण समेत गरिएको छ । वन्यजन्तु तथा पशुपन्छीका लागि पानीको आपूर्ति हुने र त्यहाँबाट सिर्सिने पानीले जमिनमुनिको पानीलाई रिचार्ज गर्न पनि मद्दत पुग्ने विश्वास गरिएको छ ।