काठमाडौं । सरकारले अबदेखि हरेक वर्षको साउन १६ गते राष्ट्रिय कोदो दिवस मनाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाउने निर्णय गरेको हो ।
कोदो बहुगुणीका अन्नका रूपमा रहेको छ । निकै लाभदायक भए पनि कोदो खेती कम भइरहँदा सरकारले साउनमा राष्ट्रिय कोदो दिवस मनाउने निर्णय गरेको हो । कृषि मन्त्रालयका अनुसार ७७ जिल्लामै उत्पादन गर्न सकिने कोदोको खेती ६० मिटरदेखि ३६५० मिटर उचाइसम्म हुन्छ । खासगरी मध्य पहाडी र उच्च पहाडी जिल्लामा कोदो बढी फल्ने गर्छ । उत्पादनको हिसाबले सबैभन्दा बढी सम्भावना कर्णालीमा रहेको राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्रले जनाएको छ । तथ्यांक हेर्दा कोदोको उत्पादन घट्दै गएको छ तर कोदो र कोदोजन्य परिकारको माग भने बढ्दो छ । तर पनि सरकारले उत्पादन बढाउन सकेको छैन । कृषि मन्त्रालयका अनुसार २०७८र७९ मा २ लाख ६७ हजार ७१ हेक्टरमा खेती र ३ लाख ३९ हजार ४ सय ६२ टन उत्पादन भएको थियो ।
हिजोआज कोदोको केक र बिस्कुट लगायतका अन्य परिकार पनि बजारमा लोकप्रिय छन् । मल कम लाग्ने र सिँचाइ पनि धेरै आवश्यक नपर्ने बहुगुणी कोदोलाई व्यवसायिक खेतिका रुपमा विकास गर्ने लक्ष्य सरकारको छ । अहिले देशमा बर्सेनि करोडौंको कोदो आयात हुने गरेको छ ।

प्रकाशित मिति : 16 जुलाई 2025, बुधवार