फेकोफनद्वारा तीजको अवसरमा शुभकामना आदान प्रदान

काठमाडौं । सामुदायिक वन उपभोक्ता महासंघले तीज विशेष कार्यक्रम आयोजना गरेको छ ।

महासंघको संघीय कार्यालय परिसर भक्तपुरमा आयोजित तीज विशेष कार्यक्रममा महासंघका पदाधिकारी र कर्मचारी तथा पाहुनाहरुको उपस्थिति थियो । त्यस अवसरमा तीज शुभकामना आदानप्रदान गरिएको थियो ।

कार्यक्रममा महासंघका अध्यक्ष ठाकुर भण्डारीले तीज विगतमा महिलाहरुले आफ्ना दुख बेदना र शोषण उत्पडिन सार्वजनिक गर्ने पर्व भएको बताउँदै समाज रुपान्तरणमा तीज कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । लोकतन्त्रमा अहिले पनि महिला आदिवासी, जनजाती र विपन्नले अधिकार नपाएको उहाँको भनाइ छ ।

अध्यक्ष भण्डारीले २०४९ मा पाएको अधिकार संकुचित गरिनु चिन्ताको विषय भएको बताउँदै समुदायको अधिकार हनन् बढ्दै गए आन्दोलनमा उत्रने बताउनुभयो । वरिष्ठ उपाध्यक्ष बिर्खबहादुर शाहीले तीज सन्देशमुलक र रमाइलोको पर्व भएको बताउनुभयो ।

महासचिव पार्वता गौतमले तीज महिलाहरुको विशेष पर्व भएको बताउँदै समाज परिवर्तनसँगै तीज मनाउने शैली र तीजका गीतका सन्देशहरु पनि फेरिँदै गएको बताउनुभयो । यसैगरी महासंघका सचिव डिल्ली गिरी र कोषाध्यक्ष शान्ता न्यौपाने लगायतले तीज पर्वले समाजिक सन्देश पनि दिने बताउनुभयो ।

प्रकाशित मिति : 22 अगस्ट 2025, शुक्रवार
प्रतिक्रिया दिनुहोस