
काठमाडौं। वन र कृषिको अन्योन्याश्रित सम्बधलाई थप प्रभावकारी बनाउँदै स्थानीय समुदायको आय आर्जनमा सघाउने उद्देश्यले सामुदायिक वन उपभोक्ता महासंघले अभियान नै चलाइरहेको छ ।
देशभरका सामुदायिक वन क्षेत्रको खाली जग्गामा कृषि उत्पादनमा उपभोक्तालाई जोड्ने र त्यसमा पनि विपन्न समुदाय तथा महिलाहरुलाई आत्मनिर्भर र उद्यमशील बनाउन फेकोफनले आर्थिकदेखि प्राविधिक सहयोग समेत गर्दै आएको छ ।
त्यसै मध्येको एउटा नमुना काम महोत्तरीको एकडारा गाउँपालिका सञ्चालित कागती खेती पनि हो । एकडारा गाउँपालिका- ४ मा दश कठ्ठा क्षेत्रफलमा कागती खेती गरिएको छ । DGM को आर्थिक सहयोगमा गरिएको कागती खेतीको बीचमा तरकारी खेती पनि गरिएको छ ।
उक्त जग्गामा ३ सय ५० भन्दा धेरै कागती हुर्कँदै छन् भने सिंचाइँका लागि चापाकलको व्यवस्था भएकोले खडेरीका बेला पनि कागती खेतीमा सिंचाइको समस्या छैन ।
प्रकाशित मिति : 23 अगस्ट 2025, शनिवार