लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानमा देशव्यापी सचेतनाका कार्यक्रम गर्दै फेकोफन –महिला हिंसारहित समाज निर्माणमा योगदान दिने प्रतिवद्दता

काठमाडौं । सामुदायिक वन उपभोक्ता महासंघ, नेपालले लैंङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान प्रविधिको प्रयोगबाट हुने महिला तथा बालबालिकामाथिको हिंसा न्युनीकरणको लागि विभिन्न जनचेतनामूलक कार्यक्रमहरु आयोजना गरी मनाउँदैछ ।

स्थापनाकाल २०५२ देखि नै प्राकृतिक श्रोतमा स्थानीय समुदायको अधिकार स्थापना र महिला समानताको लागि अनवरत रुपमा संकल्प र संघर्ष गर्दै आइरहेको नेपालको सशक्त नागरिक संगठन हो ।

महिला सहभागिता, नेतृत्व विकास, आर्थिक शसक्तिकरण र संरचनात्मक परिवर्तनका लागि जनवकालत र प्राकृतिक श्रोतमा स्थानीय समूदायको अधिकार संरक्षणका लागि संघर्ष गर्दै आइरहेको फेकोफनले समाजमा महिला तथा बालबालिका र पछाडि पारिएको वर्ग विभिन्न खाले हिंसा र असमानताको शिकार हुन विवश हुनु एक्काइसौं शताब्दीकै हुनु दुःखको विषय भनेको छ ।

यसपाली २०८२ मंसिर ९ देखि २४ गतेसम्म मनाइने लैंङ्गिक हिंसा बिरुद्धको अभियान अन्तर्राष्ट्रिय नारा United to end digital violence Against All women and girls  रहेको छ ।

नेपालको सन्दर्भमा यस बर्षको राष्ट्रिय नारा प्रविधिको सही प्रयोग गरौँः लैङ्गिक हिंसा अन्त्य गरौ भन्नेछ । महिला तथा बालबालिका माथि हुने अमानविय हिंसाको श्रोत बिद्यमान संस्कृति र सम्पत्ति भएको बताउँदै फेकोफनले संस्कार, विचार, व्यवहार र कानुनको परिपालनाले नै हिंसा अन्त्य गर्न सकिने जनाएको छ ।

संस्कार, संस्कृतिमा भएका कुसंस्कार, कुरिती र विचार व्यवहार परिवर्तन गर्न सबैको प्रतिबद्धता, कानुनी परिवर्तन र कार्यन्वयनको आवश्यकता औल्याउँदै फेकोफनका अध्यक्ष ठाकुर भण्डारीद्वारा जारी विज्ञप्तिमा वर्तमान परिवेशमा प्रविधिको दुरुपयोग बाट महिला तथा बालबालिकाहरु हिंसाको शिकार बनिरहेको भन्दै चिन्तासमेत जनाइएको छ ।

त्यसको न्युनिकरणको लागि जनचेतनामुलक कार्यक्रमहरु तथा स्वामित्वको आधारमा सामुदायिक सम्पत्ति, व्यक्तिगत सम्पत्ति र सरकारको अधिनमा रहेको सम्पत्तिहरुमा महिलाको समान अधिकार र पहुँच हुनुपर्ने सामुदायिक वन उपभोक्ता महासंघको निष्कर्ष छ ।

सामुदायिक सम्पत्तिहरु जल, जंगल, जमिनमा महिलाको पहुँच स्थापनाको लागि वन ऐन, कानुन र नियमावलीमा महिलाको अधिकार स्थापनाको लागि महत्वपूर्ण भूमिका खेलेको तर यो अझै पूर्ण हुन नसकेको उल्लेख गर्दै महासंघले व्यक्तिगत सम्पत्ति र सरकारको अधिनमा रहेको सम्पत्तिमा पनि समान अधिकारको लागि अनवरत वकालत गरिरहेको जनाएको छ ।

महासंघले सम्पूर्ण सामुदायिक वन उपभोक्ता समूह, महासंघका स्थानीयदेखि राष्ट्रिय संरचनामा आबद्ध अभियानकर्मी, नागरिक समाज लगायत सम्पूर्णमा महिला तथा बालबालिकामाथि हुने सबै प्रकारका हिंसाका बिरुद्धमा व्यक्तिगत र संस्थागत रुपमा प्रयास गर्न सबैमा हार्दिक आह्वानसमेत गरेको छ ।

प्रकाशित मिति : 25 नोभेम्बर 2025, मङ्गलवार
प्रतिक्रिया दिनुहोस