हिंसा नगर्ने प्रतिबद्धता र हिंसा भए प्रतिवाद गर्दै कानुनी उपचार खोज्न वन अभियन्ताहरुको आग्रह

काठमाडौं । सामुदायिक वन उपभोक्ता महासंघले लैंङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानमा देशैभर विभिन्न कार्यक्रम गरेको छ । नोभेम्वर २५ देखि डिसेम्बर १० सम्म मनाइने अभियानको यस वर्षको नारा प्रविधिको सही प्रयोग गरौं- लैङ्गिक हिंसा अन्त्य गरौं भन्ने रहेको छ ।

१६ दिने अभियान अवधिभर फेकोफनले केन्द्रदेखि प्रदेश, जिल्ला र स्थानीय महासंघ स्तरमा पनि विभिन्न कार्यक्रम गरेको छ । महासंघले १६ दिने अभियानमा वर्षेनी विशेष कार्यक्रम गर्दै आएको छ ।

अभियान अवधिबाहेक पनि फेकोफनले लैङ्गिक हिंसा हरेक व्यक्तिले कुनै पनि किसिमको हिंसा नगर्ने प्रतिबद्धता जनाउने र हिंसा भए प्रतिवाद गर्दै कानुनी उपचार खोज्न अग्रसर भए लैङ्गिक हिंसा रोक्न सकिने धारणा सामुदायिक वनका अभियन्ताहरुले बताउनु भएको छ ।

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा काठमाडौँमा भएको सामुदायिक वनका अभियन्ताहरुले कानुनमा कडाइ भए पनि व्यबहारमा हिंसा नरोकिनु लाजमर्दो विषय भएको बताउनुभयो। परिवर्तन आफैबाट सुरु गर्नुपर्नेमा जोड दिंदै वक्ताहरुले महिलामाथि विभेद गर्नेलाई दण्डित गर्नुपर्ने बताउनुभयो।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ नेपालका अध्यक्ष ठाकुर भण्डारीले फेकोफनले कुनै पनि किसिमको हिंसा नसहने बताउंदै महिलामाथि हुने हिंसाविरुद्ध हरेक सामुदायिक वनका उपभोक्ताहरूले खवरदारी गरिरहेको बताउनुभयो। व्यक्ति आफैबाट हिंसा नगर्ने प्रतिवद्दता हुनुपर्ने र घर परिवार हुँदै समाजमा त्यसलाई विस्ता गर्दा मात्रै लैङ्गिक हिंसा रोकथाम गर्न सकिने बताउँदै अध्यक्ष भण्डारीले हिंसा सहेर बस्नै नहुनेमा जोडदिनुभयो ।

फेकोफनका वरिष्ठ उपाध्यक्ष बिर्खबहादुर शाहीले हिंसामुक्त समाजका लागि सहकार्यमा जोडदिनुभयो । सामुदायिक वनले समानुपातिक र समावेशी अधिकारलाई सुनिश्चित गरेको र हिंसाविरुद्द शून्य सहनशीलता अपनाएको बताउँदै उहाँले १६ दिने अभियान बाहेकका बेला पनि हिंसा रोक्न काम गरिरहनुपर्ने बताउनुभयो ।

कार्यपत्र प्रस्तुत गर्दै फेकोफनकी महासचिव पार्वता गौतमले महासंघले महिला सहभागिता र समावेशी प्रतिनिधित्व सुनिश्चित गरेको बताउँदै अवसरहरूमा विभेद पनि एक प्रकारको हिंसा भएको बताउनुभयो। सामुदायिक वनमा लैङ्गिक हिंसाविरुद्ध उपसमिति र फोकलपर्सन तोक्ने कामहरु भइरहेका महासचिव गौतमले बताउनुभयो।

उहाँले अहिले पनि १५ देखि ४९ वर्ष उमेर समूहका २३ प्रतिशत महिला शारिरिक हिंसाको मारमा परेका र ८ प्रतिशत यौनजन्य हिंसामा परेका बताउनुभयो। फेकोफन उपाध्यक्ष मञ्जु मलासीले सबैखाले हिंसा रोक्न सहकार्य आवश्यक भएको बताउंदै महिलामाथि हुने हिंसाविरुद्ध फेकोफनले निरन्तर सक्रियताको अभ्यास गरिरहेको बताउनुभयो।

कार्यक्रममा महासंघका उपाध्यक्ष महम्मद कर खाँ, उपमहासिचवद्वय सिता श्रेष्ठ, भरतबहादुर घले, कोषाध्यक्ष शान्ता न्यौपाने, सचिवालय सदस्य विष्णुलाल साह, सरिता कुमाल, रत्नादेवी घिमिरे, दोबबहादुर कार्की, कोशी प्रदेश अध्यक्ष तुलसी संग्रौला, मधेश प्रदेश अध्यक्ष सोमप्रसाद शर्माले पनि बोल्नुभएको थियो ।

यस्तै बागमती प्रदेश अध्यक्ष विनोद सापकोटा, गण्डकी अध्यक्ष कालिदास सुवेदी, लुम्विनी अध्यक्ष कल्पना भण्डारी, कर्णाली अध्यक्ष भवानीप्रसाद अधिकारी र सुदूरपश्चिम अध्यक्ष झुमा चौधरी लगायतका पदाधिकारी तथा सदस्यहरुले लैङ्गिक हिंसा अन्त्यका लागि सबै मिलेर अघि बढ्नुपर्नेमा जोडदिनुभयो ।

प्रकाशित मिति : 10 डिसेम्बर 2025, बुधवार
प्रतिक्रिया दिनुहोस