काठमाडौं । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल बाग्लुङ जिल्ला महासंघले वन डढेलो विरुद्द अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
जिल्ला अध्यक्ष कुलबहादुर कार्कीको अध्यक्षता र गण्डकी प्रदेश महासंघका अध्यक्ष कालिदास सुवेदीको प्रमुख आतिथ्यतामा भएको बैठकमा गण्डकी प्रदेश सदस्य राजबहादुर थापा लगायत पालिका अध्यक्ष एवं जिल्ला महासंघका पदाधिकारी सदस्यको उपस्थितिमा सम्पन्न बैठकले हालसम्मका कामहरुको समीक्षा गरेको छ ।
बैठकले जिल्ला महासंघको लेखा परिक्षण माघ २५ भित्र सक्ने गरी अध्यक्ष, उपाध्यक्ष र सचिवलाई जिम्मेवारी दिएको छ । यसैगरी पालिका स्तरीय भेला र बैठक बागलुङ्ग नपामा माघ १६ गते, काठेखोला गापामा माघ १५ गते, गलकोट नपामा माघ २० गते, ताराखोला गापामा माघ २० गते, निसिखोला गापामा माघ १५ गते गर्ने निर्णय गरेको छ ।
यसैगरी तमानखोला गापामा माघ १५ गते, जैमनी नपामा माघ १५ गते, बराङ्ग गापामा अध्यक्षले सल्लाह गरेर तोक्ने, बडीगाड गापामा माघ २३ गते, ढोरपाटन नपामा माघ १९ गते पालिका स्तरीय भेला सम्पन्न गर्ने र सम्बन्धित स्थानीय तहबाट प्रतिनिधित्व गर्ने जिल्ला, प्रदेश केन्द्रीय सदस्य तथा पदाधिकारीहरुले कार्यक्रममा सहजिकरण गर्ने निर्णय भएको छ ।
फेकोफन सदस्य नवीकरण तथा आवद्धता, डढेलो विरुद्धका अभियान संचालन, राजनितिक दलहरुलाइ सामुदायिक वनका सवाल समाधानाका लागि सुझाव संकलन गरि प्रतिबद्धता पत्रमा दिने बुंदाहरु संकलन गर्ने र वन्यजन्तु ब्यवस्थापन र राहत सम्बन्धी कृयाकलापसहित रेडप्लस र कार्बन व्यापार सम्बन्धमा पनि बैठकमा छलफल भएको अध्यक्ष कुलबहादुर कार्कीले जानकारी दिनुभयो ।


