लामा परम्पराले वनबाटै सम्वृद्धि

काठमाण्डौ । प्राकृतिक सम्पदाका हिसाबले मात्रै हैन, संस्कृति, भाषा, धर्म तथा परम्पराका हिसाबले पनि नेपालमा विविधता छ । त्यो विविधता प्राकृतिक श्रोत संरक्षण र उपयोगमा पनि देखिन्छ । त्यस्तै फरक परम्परा, विश्वास र संस्कृतिमा आधारित रहेर हुम्लाको सिमिकोट गाउँपालिका वडा नम्वर ३ स्थित लोङदु गुम्वा सामुदायिक वन संरक्षण तथा उपयोग गरिएको छ । संरक्षण, उपभोक्ता हित र आयआर्जनमा अब्बल वनेकै कारण यो वन सात पटकसम्म जिल्ला वन कार्यालयबाट प्रथम पुरस्कारसहित पुरस्कृत भएको छ ।

लामा परम्परामा आधारित रहेर स्थानीय उपभोक्ताको विश्वास र भरोसाले यहाँको सामुदायिक वन संरक्षण र त्यसको सदुपयोग गरेकै कारण समुदायको आर्थिक अवस्थामा कायापलट नै भएको छ । पहिला सामुदायिक वन वनाउनै सकस भएको थियो । तर लामा परम्परा अनुसारको मान्यता र विश्वासले २०५१ सालमै उपभोक्ता समुहले सामुदायिक वन बनाए । ४३ हेक्टर क्षेत्रफलमा फैलिएको वनमा उपभोक्ता भने जम्मा १८ घरधुरी छन् । लामाहरुको बाहुल्यता रहेको लाङदु गाउँसँगै जोडिएको वनलाई संरक्षण गरेर हराभरा वनाईका छ भन े े त्यसबाट लाभ लिएर जडीबुटी, कृषि, फलफूल, पशुपालन तथा तरकारी खेतीबाट मनग्य आम्दानी गरेका छन् ।

गुम्वाका गुरुजी र लामाहरुले रुख जथाभावी काट्न नहुने, मान्छेको जस्तै बोटबिरुवाको पनि आत्मा हुने, वनमा आगो लगाउन नहुने, कामका लागि रुख काटेपछि त्यस आसपासमा अनिवार्य रुपमा नयाँ बिरुवा हुर्काउनुपर्ने जस्ता सन्देशहरु गाउँलेहरुलाई दिने गरेका छन् ।

गुम्वाका लामाहरुका सन्देश सरकारका कानूनभन्दा प्रभावकारी मानिन्छ । त्यसैले गाउँलेहरुले जथाभावी रुख काट्दैनन् । सामुदायिक वन बनेपछि त सबै उपभोक्ताहरु एकजुट भएका छन् । ‘उपभोक्ता समुह एउटै परिवार जस्तो छ । जे काम गर्दा पनि साझा रुपले गर्छन् । नाम्खाको याङखर गुम्वाका गुरु लामा पेमा रेक्सलले दिने सन्देशलाई मान्ने भएकोले वनबाट धेरै लाभ भएको छ ।’–लाङदुगुम्वा सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष छिरिङ तेन्जिङ लामाले भन्नुभयो ।

वन जोगाउन शुरुमा गाउँलेहरु निकै संक्रिय भए । ५–१० रुपैंया आम्दानी भएपनि सामुहिक कोष बनाएर राखे । अहिले त त्यसले सामुहिक हितमा काम गर्दै अघि बढ्ने उदाहरणीय नमुना नै देखायो । सामुहिकताको अभ्यासले कृषि र सिंचाई, स्याउ खेती, जडीबुटी, तरकारी खेतीमा जोड्यो । त्यसैले त वनले हामीलाई धन, मन र व्यवहारमै धनी वनायो भन्छन्, उपभोक्ताहरु ।

सामुदायिक वनले समन्वय गरेपछि विभिन्न संघसंस्थाको सहयोगमा कृषि तथा फलफुलका लागि ५० लाख रुपैंयाको जुस वनाउने मेसिन गाउँमा लगिएको छ । अर्को बर्ष सरकारले अनुमति दिएमा वाईन समेत उत्पादन थाल्ने उपभोक्ता समुहको तयारी छ । त्यसो भएमा गाउँमा उत्पादन हुने स्याउले उचित बजार मुल्य पाउने र उपभोक्ताले मनग्ये आम्दानी गर्न सक्नेछन् ।

यस्तै सामुदायिक वनको पहलमा २०५२ सालदेखि नै संस्थागत सहकार्यमा विजुली बत्ति जडान गरिएको थियो । ‘त्यो हुम्लाकै पहिलो सामुदायिक वनको प्रयासले बलेको बत्ति थियो, १३ बर्षसम्म हामीले जिल्लामै व्यवस्थित विजुली बाल्यौ र टिभी समेत हेर्न पाएका थियौं । त्यो धेरै ठला ू े कुरा थियो उ बेला । पछि बल्ल मुलधारको विद्युत जोडिएको हो हाम्रो गाउँमा ।’– अध्यक्ष लामाले भन्नुभयो ।

उपभोक्ता समुहले सिंचाईमा पनि लगानी गरेको छ । त्यसैले सामुदायिक वन अभियानले गाउँमा सम्वृद्धि नै आएको भन्दा फरक पर्दैन् । हरेक घरका महिलाहरुले तरकारी खेती गरेर दैनिक रुपमा जिल्ला सदरमुकाम सिमिकोट लगेर बेच्छन् । अध्यक्ष लामाका अनुसार‘बिहान बारीको तरकारी टिपेर महिलाहरु डोकोभरी बोकेर सिमिकोट जान्छन् र डेढघण्टामा पुगेर बेचेपछि दैनिक दुईदेखि तीन हजार रुपैंया लिएर खाना खान घरै आउँछन् । महिलाहरु यति धेरै मेहनत गर्छन कि, उनीहरुले बजारमा अनावश्यक खर्च र चिया पनि खाँदैनन् । त्यसले धेरै कमाई भएको छ । यसैगरी सामुदायिक वनले गरिब तथा विपन्नलाई वनबाट निशुल्क ढलेका दाउरा निकाल्न दिन्छ, अनि त्यही दाउरा सिमिकोट लगेर उनीहरुले बेच्छन र पैसा कमाउँछन् ।’

जिल्ला सदरमुकाममा खपत हुने तरकारीको करिब ५० प्रतिशत लाङदुबाटै जान्छ । यस्तै कुट्की, जटामसी, वनलसुन लगायतका जडीबुटी पनि सामुदायिक वनबाट हुने अर्को आम्दानी हो । त्यसैले उपभोक्ता समुहले काषमा ३ लाख रुप े ैंयाभन्दा बढीको कोष समेत बनाउन सफल भएको छ । उपभोक्ताको आम्दानी पनि बढेको छ । अध्यक्ष लामाले अहिले गाउँका सबैजसोले सिमिकोटमा घर वनाएको जानकारी दिनुभयो ।

सामुदायिक वनले गरिबलाई कुखुरा, मौरी, भेडाबाख्रा पालन, पसल, होटल सञ्चालनमा पनि उपभोक्तालाई सहुलियत दरमा आर्थिक सहयोग गर्दै आएको छ । वन नर्सरी बनाएर वृक्षरोपण गरिएको छ । महिला र पुरुषबीच कुनै प्रकारको भेदभाव छैन् । शिक्षा र स्वास्थ्यमा पनि सहयोग गर्दै आएको छ । यातायातको सहज पहुँच पुग्नसके यो गाउँलाई मात्रै हैन, हुम्लाकै आर्थिक सम्वृद्धिमा टेवा पुग्ने गरि सामुदायिक वनले उदाहरण देखाउन सक्ने विश्वास लाङदुगुम्वा सामुदायिक वनको छ ।

प्रकाशित मिति : 18 अगस्ट 2021, बुधवार
प्रतिक्रिया दिनुहोस