सामुदायिक वन उपभोक्ता महासंघ नेपाल फेकोफनले वार्षिक कार्ययोजना तर्जुमा गोष्ठी आयोजना गरेको छ । मकवानपुरकाे चित्लाङमा गरिएकाे छलफलमा महासंघका पदाधिकारी तथा कर्मचारीसहितकाे टाेलीकाे सहभागिता छ । आगामी वर्षसहित भावी योजना बनाउन र विगतका कामको समीक्षा गर्दै वार्षिक कार्ययोजनाका लागि छलफलको आयोजना गरिएको फेकोफनका अध्यक्ष ठाकुर भण्डारीले जानकारी दिनुभयो ।
२५ वर्षे रोडम्याप र चार वर्षे रणनीतिका लक्ष्यसहित समग्र रुपमा महासंघको मिसन हासिल गर्न के कसरी अघि बढ्ने भन्नेमा पनि वार्षिक कार्ययोजना तर्जुमा गोष्ठीमा छलफल गरिएको महासंघका वरिष्ठ उपाध्यक्ष बिर्खबहादुर शाहीले जानकारी दिनुभयो ।
छलफलमा महासचिव पार्वता गौतम, कोषाध्यक्ष शान्ता न्यौपाने र सचिव डिल्ली गिरी लगायतका पदाधिकारीहरुले आआफ्नो तर्फबाट प्रस्तुति गर्नुभएको छ । महासचिव गाैतमले अघिल्लाे वर्षमा भए गरेका काम र अब २०८३-८४ मा गर्ने कामबारे छलफल भएकाे बताउँदै संगठन सुदृढीकरणमा कसरी थप सबल बन्ने र उद्यम विकास, क्षमता अभिवृद्दि, स्थानीय वन ऐन निर्माण, कार्ययाेजना नविकरण लगायतका काममा के कति प्रगति भयाे र अव गर्नुपर्ने के के छ भनेर पनि छलफल भएकाे जानकारी दिनुभयाे ।

हरेक आर्थिक वर्षमा महासंघको कामको योजना तथा वनको संरक्षण, विकास, र संगठनको आम्दानी खर्चसहितको समीक्षा गरी आगामी याेजना तयार गर्न महासंघले वार्षिक कार्ययोजना तर्जुमाका लागि छलफल गर्ने गरेको छ ।

वन ऐनलाई संरक्षणमुखीभन्दा रोजगारमुखी र उत्पादनमुखी बनाइनुपर्ने लगायतका विषय महासंघको चार वर्षे रणनीतिमा समेटिएका छन् ।सामुदायिक वन उपभाेक्ताहरूका अधिकारलाई प्रवर्द्धन र संरक्षण गर्न क्षमता वृद्धि, आर्थिक सशक्तिकरण, दिगो स्रोत व्यवस्थापन, प्राविधिक सहयोग, वकालत र पैरवी, नीतिको विकास, र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्जाल निर्माण मार्फत काम गर्नुका साथै समावेशी लोकतन्त्र, लैङ्गिक समानता, र सामाजिक न्यायका मूल्यलाई कायम राख्नुलाइ महासंघले मुल लक्ष्य बनाएर काम गर्दै आएको छ ।

यस्तै यसैगरी सामुदायिक वन उपभोक्ताहरूको अधिकार प्रवर्द्धन र संरक्षण गर्न क्षमता वृद्धि, आर्थिक सशक्तिकरण, दिगो स्रोत व्यवस्थापन, प्राविधिक सहयोग, पैरवी र वकालत, नीतिगत विकास, र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्जाल विस्तारको माध्यमबाट तथा समावेशी लोकतन्त्र, लैङ्गिक सन्तुलन र सामाजिक न्यायका मूल्यहरूलाई कायम राख्ने, सामुदायिक वन उपभोक्ताहरूका अधिकारलाई प्रवर्द्धन र संरक्षण गर्न क्षमता सुदृढीकरण, आर्थिक सशक्तिकरण, दिगो स्रोत व्यवस्थापन, प्राविधिक सहयोग, वकालत र पैरवी, नीति विकास, तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय नेटवर्किङमार्फत कार्य गर्नुका साथै समावेशी लोकतन्त्र, लैङ्गिक समानता र सामाजिक न्यायका मूल्यहरूको संरक्षण गर्नु महासंघको मिसन रहेको छ ।




