कोभिडको नयाँ लहरबाट बच्न संस्थागत सहकार्य र अात्मनिर्भरका योजनामा जोड!!

काठमाण्डोैं । कोरोना महामारीले अार्थिक र सामाजिक क्षेत्रमा परेको असरबाट ब्युँतिन नपाउँदै संक्रमणको नयाँ लहर देखिएको भन्दै सरोकारवाला पक्षले चिन्ता जनाएका छन् । ग्रीन फाउण्डेसन नेपालले काठमाण्डोैमा अायोजना गरेको सम्भावित जोखिम न्युनिकरणका उपायबारेको छलफलमा वक्ताहरूले विगतको असरबाट उठ्न स्वरोजगारमा प्राथमिकता दिनुपर्नेमा जोडदिए ।

कार्यक्रममा ग्रीन फाउण्डेसन नेपालका अध्यक्ष घनश्याम पाण्डेले कोभिडले अार्थिक तथा सामाजिक क्षेत्रमा पारेको असर न्युनिकरणका लागि नागरिक समाजको भुमिका महत्वपुर्ण हुने बताउनुभयो ।

तीनै तहका सरकारसँग मिलेर कोभिड न्युनिकरण गर्दै त्यसको असर कम गर्न सकिने उहाँको भनाई छ । कोरोनाबाट प्रभावित भएका र रोजगारी गुमाएका श्रमिक वर्गको अार्थिक उत्थान अनिवार्य भएको बताउँदै अध्यक्ष पाण्डेले रोजगारी श्रृजनासँगै उत्पादन बढाउने तर्फ ध्यान दिनुपर्नेमा जोडदिनुभयो ।

तुल्सिपुर उपमहानगरपालिकाका प्रमुख तथा नेपाल नगरपालिका संघका कोषाध्यक्ष समेत रहनुभएका पाण्डेले कोरोनाले पारेको प्रभाव र सम्भावित जोखिम रोक्न नागरिक समाज र सामाजिक संघ संस्थाहरूको भुमिका महत्वपुर्ण हुने पनि बताउनुभयो ।

सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय अध्यक्ष भारती पाठकले कोरोनाको प्रभाव न्यून गर्न नपाऊदै फेरि संक्रमणको जोखिम देखिनुले स्थिति गम्भीर बन्ने खतरा रहेको बताउनुभयो । अागामी दिनमा अायअार्जनसँगै कृषि र वनमा रहेका श्रोत परिचालनमा ध्यान दिनुपर्ने बताउँदै अध्यक्ष पाठकले स्थानीय सरकार थप सक्रिय हुनुपर्ने बताउनुभयो । उत्पादन बढाउने, अायश्रोतको खोजि गर्ने,स्थानीय तहले नीति बनाउने, रोजगारी श्रृजना गर्ने काममा सरकारले तदारूकता लिदैं सहकार्य गर्नुपर्ने अध्यक्ष पाठकको भनाई छ ।

समाज कल्याण परिषदका सदस्य गोविन्दबहादुर शाहीले गत बर्ष कोरोना शुरू भएपछि खरिद गरिएका सामाग्री अहिले पनि गोदाममा थन्किएको पाईएको बताउनुभयो । उहाँले अब फेरि संक्रमण देखिएमा तत्काल काम गर्ने अधिकार स्थानीय तहलाई दिनुपर्नेमा जोडदिनुभयो । कोरोनाबाट प्रभावितलाई पुनरोत्थान गर्न नागरिक समाजले सरकारसंग सहकार्य गर्नुपर्ने र ग्रामिण अर्थतन्त्र नै मजबुद छ भन्ने सन्देशसहित जिविकोपार्जनका परियोजना ल्याउनुपर्ने बताउनुभयो ।

फेकोफनका महासचिव बिर्खबहादुर शाहीले कोभिडको असर देखिनासाथ जनतामा धेरै प्रभाव परेको बताउँदै त्यसैबेला सरकारले सामुदायिक वनको श्रोत उपयोगमा रोक लगाउँदा समस्या झन बढेको बताउनुभयो ।

पारिवारिक तथा निजि वन नेपालका अध्यक्ष जोगराज गिरीले सम्भावित जोखिमसँग जुध्ने गरि तत्काल काम गर्न संयन्त्र निर्माण गर्नुपर्ने बताउनुभयो ।

सिप्रेडका अध्यक्ष डाक्टर पासाङ शेर्पाले कोभिडको नयाँ लहरविरूद्द जुध्न सरकारले तत्काल नयाँ नीति बनाउनुपर्ने बताउँदै नागरिक समाज तथा संस्थाहरू सहकार्य गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।

अधिकारकर्मी तथा राष्ट्रिय दलित नेटवर्कका गणेश विकेले विगतमा कोरोना रोकथाम र लकडाउकाबेला नागरिक समाज सक्रिय हुनुपर्नेमा सर्टडाउन भएको बताउनुभयो ।

सञ्चार फाउण्डेसनका अध्यक्ष रामकृष्ण भण्डारीले कोभिडको जोखिमविरूद्द सरकार र नागरिक समाज तथा संघसंस्थाबीच सहकार्य हुनुपर्ने बताउनुभयो । कार्यक्रममा फरेष्ट एक्सनकी शारदा तिवारी,फेकोफन कोषाध्यक्ष पार्वता गोैतम लगायतले बोल्नुभएको थियो ।

प्रकाशित मिति : 25 मार्च 2021, बिहिवार
प्रतिक्रिया दिनुहोस