भूकम्पपीडितलाई सामुदायिक वन उपभोक्ता महासंघको राहत

सामुदायिक वन उपभोक्ता महासंघ नेपालले भूकम्प प्रभावित जाजरकोट र रुकुम (पश्चिम)का बस्तीमा पुगेर राहत वितरण गरेको छ । महासंघका अध्यक्ष ठाकुर भण्डारीको नेतृत्वमा गएको टोलीले सानो भेरी, नलगाड र छेडागाडमा तीस लाख बराबरका राहत सामाग्री वितरण गरेको हो ।

महासंघले एक हजार ४० कम्मल, तीन सय १० थान ज्याकेट, एक सय १३० थान स्वीटर र बालबालिकाका लागि चार सय ४० ज्याकेट, दुइ सय ५० साडी र दुइ सय ५० पछ्यौरी वितरण गरेको थियो । “गाउँपालिका र वडा संग समन्वय गरेर पीडितलाई नै राहत सामाग्री वितरण ग¥यौ,” भण्डारीले भने, “राहत लिनेहरु एकै घरमा चार जना सदस्य गुमाएका पनि थिए । २७ जनाले ज्यान गुमाएको वडामा पुगेर पनि राहत दियौ । गुणस्तरीय सामान पाउँदा उनीहरु निकै खुसी भए ।”

पीडितहरु मध्ये गरिब, अपाङ्गता भएका, दलित र पछाडी पारिएका समुदायलााई पहिचान गरेर राहत वितरण गरिएका

घर भत्किएकाले उनीहरु त्रिपाल मुनि बसिरहेका छन । बाहिर बस्नु पर्दा न्यानो ज्याकेट, स्वीटर र पछ्यौरी पाउँदा भुकम्पपीडित खुसी देखिएका थिए ।

राहत पाएपछि भूकम्प पीडितले भुकम्पले भत्काएका घर निर्माणमा सहयोग गर्न आग्रह गरेका थिए । जिल्ला विपद् समन्वय समितिको समन्वयमा पीडित समक्ष पुगेर राहत वितरण गरेको महासंघ टोली आफै एक ट्रक सामान लिएर भुकम्प प्रभावित गाउँ पुगेको थियो । टोलीमा महासंघका डिल्ली गिरी, कोषाध्यक्ष शान्ता न्यौपाने लगायत जाजारकोट र रुकुम (पश्चिम) सामुदायिक वन उपभोक्ता महासंघका पदाधिकारी र सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी पनि सहभागी थिए ।

महासंघको राहत कार्यक्रमबाट प्रभावित भएर नलगाड गाउँपालिकाले सम्मान पत्र समेत प्रदान गरेको थियो ।

गत कार्तिक १७ गते गएको भुकम्पले २६ हजार ५२८ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन भने ३५ हजार ३९५ घरमा आंशिक क्षति भएको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

सरकारले घर बनाउने रकम निकासा नगरेका कारण अधिकांश भुकम्प पीडित त्रिपालमुनि चिसो रात बिताउन बाध्य भएका छन । करिब तीन दर्जन व्यक्तिले चिसोका कारण ज्यान गुमाएका छन । मृत्यु हुनेमा अधिकांश सुत्केरी महिला, बालबालिका र बृद्धबृद्धा छन ।

प्रकाशित मिति : 10 जनवरी 2024, बुधवार
प्रतिक्रिया दिनुहोस