कोभिड नियन्त्रणमा सामुदायिक वनको भूमिका

अन्जु न्यौपाने । हाल विश्वभरी फैलिरहेको नयाँ कोरोना भाईरसको संक्रमणबाट लागेको रोगलाई विश्व स्वास्थ्य संगठनले कोभिड १९ को नाम दिइको छ र यसलाई विश्वब्यापी महामारीको रुपमा घोषणा गरिसकेको छ । नेपाल हाल कोरोनाको उच्च जोखिममा रहेको तथ्यांक सार्वजनिक भइरहेका छन । नेपालस्थित संयुक्त राष्ट्रसंघ र यसका साझेदार संस्थाहरुमार्फत आपतकालिन कोभिड १९ योजना जारी गर्दे नेपालका सवैभन्दा संकटापन्न ब्यक्ति तथा समुदायका ब्यक्तिको लागि जीवनरक्षक सहायता ल्याउन अन्तराष्र्टिय एक्यवद्धताका लागि आहृवान समेत गरिसकेका छन । प्रकोपले स्वास्थ्य क्षेत्र मात्र नभई आर्थिक, सामाजिक, राजनैतिक, प्रशासनिक, न्यायिक, लगाएत सवै क्षेत्रमा उत्तिकै प्रभाव पारिरहेको छ । त्यसबाट नेपाली समाजका विशेष गरेर गरिब तथा सीमान्तकृत ब्यक्तिहरु बढी प्रभावत हुन पुगेका छन ।

यस महामारीबाट बच्न र बचाउन हाम्रो समुदाय र समुदाय भित्र रहेका सामुदायिक वनहरुवाट उत्पादित जडिवुटीको पनि उक्तिकै महत्व छ । गुर्जो, बेसारपानी, अम्वाको पात लगाएतका जडिबुटीको रस दैनिक रुपमा प्रयोग गर्दा यो रोगबाट बाँच्न केहि हदसम्म सहयोग पुग्ने कुरा प्रधानमंत्रीले बारम्बार सुझाव दिदै आइरहनु भएको छ । नेपालमा अहिले २२ हजार ४ सय १५ वटा सामुदायिक वन रहेका छन । यस्ता सामुदायिक वन, वनमा आवद्ध रहेका उपभोक्ता र सामुदायिक वन उपभोक्ता महासंघले कोभिड नियन्त्रणका लागि आ—आफ्नो स्थानवाट विभिन्न पहल गरिरहेका छन ।

तेहृथुम जिल्लाको लालिगँुरास नगरपालिकामा हाल सम्म जम्मा ४७ वटा सामुदायिक वन रहेका छन् । यस नगरपालिकाले कोभिड नियन्त्रणमा उल्लेख्य मूमिका खेल्दै आईरहेको छ । यस पलिका अन्र्तगत पर्ने देउराली भुल्केधारा नमुना समुदायिक वनले प्रभावितका लागि केहि आर्थिक सहयोग गरेको छ भने उक्त सामुदायिक वनका अध्यक्ष नेत्र खड्काले कोभिड लागेका ब्यक्तिलाई अस्पताल पुरयाउन सहयोगको भावनाले आफ्नो ब्यक्तिगत साधन निःशु्ल्क रुपमा उपलव्ध गराउदै आउनु भएको छ । साथै सामुदायिक वन क्षेत्र बाट प्राप्त हुने दाउरा जडिवुटी लगाएतका समाग्री पनि पिडीतलाई उपलब्ध गराउदै आएको अध्यक्ष खड्का वताउनुहुन्छ । यस क्षेत्रका सामुदायिक वनहरुले जिल्ला ँभ्ऋइँग्ल् सँग समन्वयन गरी नगरपालिका तथा गाउँपालिकाहरुमा माक्स, स्यानिटाईजन तथा खाद्यान्न लगाएतका सामाग्री हस्तान्तरण गरेका छन् ।

सरकारले स्वास्थ्य आपलकालको घोषणा गरेको छ । नयाँ संक्रमणमा देखिएको हालैको लहरले अक्सिजन, औषधि, भेन्टिलेटर, परिक्षण किट र खोप लगाएतका स्वास्थ्य सामाग्रीको अभाव देखिरहेको छ । सोहि कुरालाई मध्यनजर गरेर सामुदायिक वन उपभोक्ता महासंघ, नेपालले तेहृथुम, सर्लाही, वारा, रामेछाप, स्याङजा, गुल्मी, मकवानपुर, हुम्ला, डोटी लगाएतका २० जिल्लामा कोभिडबाट परेको असरलाई मध्यनजर गरेर माक्स, सेनेटाईजर, हेण्डवास, पिपि सेट, अक्सिजन, परिक्षण किट लगाएतका स्वास्थ्य सामाग्री उपलब्ध गराउदै आईरहेको महासंघका अध्यक्ष भारती पाठकले वताउनुभयो । कोरोना भाईरस श्वासप्रश्वासको माध्यमवाट र संक्रमित ब्यक्तिले खोक्दा, हाछिउ गर्दा नाक वा मुखबाट निस्कने छिट्टाको माध्यमवाट एक ब्यक्तिवाट अर्को ब्यक्तिमा सर्ने हुदा सचेत रहन उहाँको आग्रह छ । महामारीका कारण बन्दाबन्दीमा रोजगारी गुमाएका परिवार र वनमा आश्रित विपन्न परिवारलाई सामुदायिक वनबाट जडीबुटी, कन्दमुल, वनजन्य खाद्य पदार्थ संकलन गरेर जिविकोपार्जन गर्ने कार्यमा सहयोग र सहजिकरण गर्ने काममा उपभोक्ता समुह लाग्नुपर्ने वताउनुहुन्छ ।

मकवानपुर जिल्लामा ४ सय २३ सामुदायिक वन रहेका छन । जिल्लाको मनहरी गा.पा. वडा नं ९ अन्तर्गत पर्ने ‘ज्यामिरे कालिका सामुदायिक वनले’ जनचेतनाका लागि प्रचारप्रसार तथा सुचना जारी गरिएको, यस क्षेत्रका सम्पूर्ण महिला, जनजाती, दलित र अन्य पिछडिएका वर्गहरुको स्वास्थ स्थिति बारे जानकारी संकलन गरिएको, उपभोक्तहरुमा खाद्यान्न समस्या भएको छ कि छैन सो बारे जानकारी संकलन गरिएको अध्यक्ष दिपक पुलामीले जानकारी दिनुभयो ।

गाउघरमै कोरोनाको पोजेटिभको संख्या बढ्दै गएकाले कामकाजका लागी घरबाट बाहिर निस्कन असहज भएकाले ज्यालादारीमा काम गर्नेलाई खाद्यान्न वितरण गरेको भुकम्पले भत्किएका घरहरुलाई तत्कालका लागी आवश्यक पर्ने काठदाउरा तथा राहत र त्रिपाल निःशुल्क वितरण गरेको कालिका सामुदायिक वन बेसीसहर लमजुङका अध्यक्ष सुकुमाया पन्त वताउनुहुन्छ । समुदायिक वन उपभोक्ता महासंले विगत लामो समय देखिनै प्राकृतिक स्रोत साधनमाथि स्थानीयको अधिकार, महिला नेतृत्व, सशक्तिकरण, समावेशी सिद्धान्त जस्ता बिषयमा सामुदायलाई वलियो वनाउदै आएको छ । २२ हजार भन्दा वढी सामुदायिक वन उपभोक्ता समुह रहेका र त्यसमा झण्डै डेढ करोड जनता आवद्ध रहेका छन ।

विशेष गरेर यो महामारी वाट महिला, आदिबासी जनजाती, विपन्न, गरिब, दलित, बिहान काम गरेर वेलुकीको छाक टार्न बाध्य भएका ब्क्ति वढी प्रभावित छन । कोरोनाको यो विषम परिस्थितीमा जसरी राज्य लडेको छ त्यसैगरेर प्रत्येक सामुदायिक वन समुह तथा यसका तहगत संरचनाले सम्वन्धित सरोकारवाला संग समन्वय गर्दे अगाडी वढ्नुपर्ने आजको आवश्यकता रहेको छ ।

प्रकाशित मिति : 28 मे 2021, शुक्रवार
प्रतिक्रिया दिनुहोस