२६ औं महासंघ दिवस देशभरी एक करोड विरुवा रोपी मनाउंदै

सामुदायिक वन उपभोक्ता महासंघ नेपालले आफ्नो २६ औं वार्षिक उत्सवको उपलक्ष्यमा सप्ताहब्यापी कार्यक्रमको आयोजना गरेको छ । महासंघले जेष्ठ १६ गते देखि २२ गते सम्म उक्त कार्यक्रमको आयोजना गरेको हो ।

जस अन्र्तगत आज महासंघको कार्यालय परिसरमा निम, अम्वा, अंगुर लगाएतका विरुवा रोपि उद्घाटन गर्दै देश भरीको सामुदायिक वन उपभोक्ता समुुह र महासंघको संरचना र सामुदायिक वन अभियानकर्मीहरुलाइ सप्ता व्यापी वृक्षारोपण गरी विरुवा संरक्षण गर्ने अभियानमा लाग्न अध्यक्ष भारती पाठकले आह्वान गर्नुभयो ।

साथै सप्ताह व्यापी कार्यक्रमको सन्दर्भमा कोभिडका कारणले दिवंगत भएका आत्माको चिर शान्तिको कामना गरी आज साँझ दिप प्रज्जवलन गर्ने समेत उहाँले जानकारी दिनुभयो ।

महासंघले सप्ताहब्यापी कार्यक्रम अन्र्तगत हरेक क्षेत्रमा महिला, गरिब, आदिवासी जनजाति, पछाडी परेका ब्यक्ति र समुदायको प्राकृतिक स्रोतमाथिको प्रतिनिधित्व र महिला सम्वन्धी नीति कस्तो बन्यो यस सन्दर्भमा समेत छलफल हुने बताईएको छ ।

महिला हिंसा न्यूनिकरणका लागि पुरुषको भूमिका र आगामी दिनमा के कस्ता प्रतिबद्धता हुनेछ भन्ने बिषयमा डिजिटल प्रविधिका माध्यमबाट समेत छलफल हुने अध्यक्ष पाठकले जानकारी दिनुभयो ।

वन श्रोतलाई उपयोग गरेर महिला, गरिब, आदिवासी जनजाति, पछाडी परेका ब्यक्ति तथा समुदाय लाई उत्पादन संग जोडेर सरकारले उद्यमशिलता मा बजेट कति छुट्याएको छ ? यसमा समस्या के छ ? लगाएतका विषयमा समेत छलफल गरीने छ । साथै नेपालको सन्दर्भम भूमि माथि समुदायको अधिकार कस्तो छ ? यस विषयमा अन्तराष्र्टिय अभ्यास कस्तो छ र आगामी दिनमा सरकारले ल्याउने कार्यक्रम र कानूनमा समुदायलाई कसरी अब्बल बनाउने सन्दर्भमा समेत यस साप्ताहब्यापी कार्यक्रममा छलफल हुने बताईएको छ ।

कोभिडको यो विषम परिस्थितिमा देश भरी प्राकृतिक श्रोतको संरक्षणमा खटीएका उपभोक्ता किसानहरुको साझा प्रयासलाइ सवैबाट हौसला प्रदान गरी उर्जा थपिदिनु हुन सवैसंग आग्रह गर्नू भयो ।

प्रकाशित मिति : 30 मे 2021, आइतवार
प्रतिक्रिया दिनुहोस