दिवंगत आत्माको चिर शान्तिको लागि फेकोफन द्धारा दिप प्रज्जवलन

सामुदायिक वन उपभोक्ता महासंघ नेपालले आफ्नो २६ औं वार्षिक उत्सवको उपलक्ष्यमा कोभिडका कारणले दिवंगत भएका आत्माको चिर शान्तिको कामना गरी आज साँझ दिप प्रज्जवलन गरेको छ ।

महासंघ परिषरमा जेष्ठ १६ गते देखि २२ गते सम्म गर्ने सप्ताहब्यापी कार्यक्रक अन्र्तगत आज उक्त कार्यक्रमको आयोजना गरेको हो ।

जस अन्र्तगत आज बिहान महासंघको कार्यालय परिसरमा निम, अम्वा, अंगुर लगाएतका बोटविरुवा लगाईएको छ ।

महासंघका अध्यक्ष भारती पाठकले यस अवसरमा सम्पूर्ण जिल्ला महासंघलाई वृक्षारोपण कार्यक्रमको आयोजना गर्नुहुन र दिबंगत आत्माको चिर शान्तिको कामनाका लागि सबैले आआफ्नो ठाउँबाट दिप प्रज्वलन गर्नुहुन सवैलाई आग्रह समेत गर्नुभएको छ ।

प्रकाशित मिति : 30 मे 2021, आइतवार
प्रतिक्रिया दिनुहोस