महासंघद्धारा राहत सामाग्री वितरण कार्यक्रम सम्पन्न

सामुदायिक वन उपभोक्ता महासंघ नेपालले मकवानपुर जिल्लाका विभिन्न पालिकामा राहत सामाग्री हस्तान्तरण गरिएको छ । आज गढी गाँउपालिकाको वडा नं ७ मा रहेको सालघारी सामुदायिक वन उपभोक्ता समूह भित्र रहेका गरिव, विपन्न, पछाडी परेका वर्गका ८ घर परिवारलाई चामल, दाल, नुन, तेल, सावुन लगाएतका राहत सामग्री वितरण गरीएको हो ।

सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रिय अध्यक्ष भारती पाठकको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा अध्यक्ष पाठकले राहत सामाग्री वितरण गर्दै नेपालमा २२ हजार भन्दा वढी सामुदायिक वन उपभोक्ता समूह रहेको र सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ता हरु नै रात दिन नभनी वन, वातावरण र प्रकृतिकको संरक्षक रहेको बताउनु भयो ।

कोभिड महामारीले अहिले सवै पक्षलाई समस्या परिरहेको वताउदै वन क्षेत्रमा काम गर्नै तथा विहान वेलुका ज्याला मज्दुरी गरेर खानुपर्ने वाध्यतामा रहेका आम उपभोक्ताहरु अति प्रभावित भएकोले राहत सामग्रीलाई सहयोगका रुपमा वितरण गरिएको र यस कार्यलाई आउदा दिनमा सक्दो सहयोग गर्ने वताउनुभयो ।

यसैगरि हेटौडा उपमहहाउपमनगर पालिका वडा नंम्वर १ मा रहेको भैरवडाँडा सामुदायिक वन उपभोक्ता समूहमा रहेका अति गरिव, विपन्न वर्गका १३ परिवारलाई समेत चामल, दाल, नुन, तेल, सावुन लगाएतका राहत सामग्री वितरण गर्नु भएको थियो ।

राहत सामग्री ग्रहण गर्दै भैरवडाँडा सामुदायिक वनका उपभोक्ता सञ्चमाया विकले यस कार्यले विपन्न वर्गको घरमा चुलो वल्ने वताउदै यसप्रति महासंघलाई विशेष धन्यवाद दिनुभयो ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ वागमती प्रदेशका सदस्य रामहरी चौलागाई, जिल्ला महासंघका अध्यक्ष साधुराम चौलागाई, कोषाध्यक्ष बलराम अधिकारी, जिल्ला सदस्य शम्भु प्रसाद न्यौपाने लगाएतका स्थानिय महासंघका पदापधकारी सदस्यहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : 21 जुन 2021, सोमवार
प्रतिक्रिया दिनुहोस