जुम्लाका सामुदायिक वनमा बहुउपयोगी वृक्षरोपण

जुम्ला। आयआर्जन र पर्यावरणमा सहयोग पुग्ने गरि जुम्लाको तिला गाउँपालिकाका दुईवटा सामुदायिक वनमा वृक्षरोपण गरिएको छ ।
नारायणदेव र दहचोैर सामुदायिक वनका तीनवटा प्लटमा तीन हजारवटा बिरुवा रोपिएको हो ।

एउटा प्लटमा एक हजार वटा ढटेलो, देवदार र आरूका बिरुवा रोपिएको फेकोफन जुम्लाका अध्यक्ष गोकर्ण चोैलागाईले जानकारी दिनुभयो ।

युएसएआईडीको आर्थिक सहयोगमा तयार परियोजना अन्तर्गत फेकोफनले बहुउपयोगी बिरुवा रोपिएको हो ।

ओैषधीय तेल उत्पादनबाट उपभोक्ताको आय बढाउने र भुक्षय रोक्न मद्दत पुर्याउने लक्ष्य छ ।

 

प्रकाशित मिति : 13 जुलाई 2021, मङ्गलवार
प्रतिक्रिया दिनुहोस