फेकोफनद्वारा कैलालीमा प्रकोप न्युनिकरण र जलवायु अनुकुलन तालिम आयोजना

कैलाली । सामुदायिक वन उपभोक्ता महासंघले कैलालीका उपभोक्तालाई प्रकोप न्युनिकरण तथा जलवायु परिवर्तन सम्वन्धी तालिम दिएको छ।

कैलालीको लम्किचुहा नगरपालिकामा आजदेखि शुरू भएको प्रकोप जोखिम न्युनिकरण र व्यवस्थापन तथा जलवायु परिवर्तन अनुकुलन सम्बन्धी सामुदायिक वन उपभोक्ता समुहको क्षमता अभिवृद्दिका लागि अभिमुखिकरण तालिम तीनदिनसम्म चल्नेछ ।

फेकोफन केन्द्रको आयोजना तथा कैलाली शाखाको व्यवस्थापनमा शुरू तालिमका लागि आर्थिक तथा प्राविधिक सहयोग युएसएआडीको तयार नेपाल विपद् जोखिम व्यवस्थापन परियोजनाले गरेको छ ।

तालिमपछि सातवटा उपभोक्ता समुहको प्रकोप जोखिम न्युनिकरण व्यवस्थापन तथा जलवायु अनुकुलन सम्वन्धी कार्ययोजना तयार पारिनेछ।
तालिमको उद्घघाटनका अवसरमा फेकोफनकी राष्ट्रिय अध्यक्ष भारती पाठकले उपभोक्ता समुहहरूको हित अनुकुल काम गर्नुपर्नेमा जोड दिनुभयो ।

सरकारको प्रशासनिक गलत कार्यशैलीका कारण सामुदायिक वन उपभोक्ता समुहले कानुनले दिएको अधिकार समेत प्रयोग गर्न नपाएको उहाँको भनाई छ ।

त्यसअबसरमा कैलालीका जिल्ला समन्वय समिति प्रमुख सुर्यवहादुर थापा, फेकोफन जिल्ला अध्यक्ष कर्ण रावल, वृन्दा उपाध्याय,उजिलसिंह रावल, धनन्जय न्योैपाने,शेरबहादुर राउले लगायतले पनि सामुदायिक वन र उपभोक्ता अधिकार बारे बोल्नुभएको थियो ।

प्रकाशित मिति : 13 जुलाई 2021, मङ्गलवार
प्रतिक्रिया दिनुहोस