जुम्लामा बिपद् न्युनिकरण र जलवायु अनुकुलन समन्धी सामुदायिक बन उपभोक्ता समुहको क्षमत़ा अभिबृदिका लागी अभिमुखीकरण तालिम सम्पन्न

जुम्ला । सामुदायिक वन उपभोक्ता महासंघले कैलाली र दैलेख संगै जुम्लाको तिलामा पनि “बिपद् जोखिम न्यूनीकरण र ब्यबस्थापन र जलबायु परिबर्तन अनुकुलन समन्धी सामुदायिक बन उपभोक्ता समुहको क्षमत़ा अभिबृदिका लागी अभिमुखीकरण तालिम” साउन ७ गते देखि ९ गते सम्म संचालन गरिएको छ।

उक्त तिनदिने तालिमको सहभागीहरुमा तिलागाउपालिका मा रहेको सामुदायिक बन उपभोक्ता समूहहरु मध्य छनोट गरिएको छ वटा समूहहरुको उपभोक्ताहरु, गाउपालिका प्रतिनिधि, जिल्ला तथा स्थानीय फेकोपनका प्रतिनिधि तथा अन्य सरोकारवालाहरु उपस्थित रहेका थिए । उक्त कार्यक्रमको उद्धघाटन तिला गाउपालिकाको बन तथा बाताबरण समिति का संयोजक लाल बहादुर सुनारले गर्नु भएको थियो।

उहाले यस्तो राम्रो कार्यक्रम आफ्नो गाउपालिकामा आएको हुनाले धेरै खुशी लागेको र यसको लागी सामुदायिक बन उपभोक्ता महासंघ र युएशएड लाई धेरै धेरै धन्यबाद दिदै कार्यक्रमको सफलताको लागी शुभकामना दिनु भयो। त्यस्तै तिला गाउपालिका वडा न ३ का अध्यक्ष सिंह बुढा ले जुम्ला जस्तो बिकट ठाउँमा जलबायु परिवर्तन ले धेरै नै असर गरेको हुनाले यस्तो कार्यक्रम अत्यन्त आवश्यक रहेको बताउनु भयो।

यसै गरि कार्यक्रमको बारेमा सामुदायिक बन महासंघ, जुम्ला जिल्ला महासंघका अध्यक्ष गोकर्ण चौलागाइले जुम्लामा धेरै खडेरी पर्ने, आगलागी हुने गरेको र यी पनि बिपत् हो भन्ने बारे जुम्ला मा ज्ञान नभएको बताउनु भयो।

उहाले गत वर्ष मात्र दुइ वोटा आगलागीको ठुलो घटना तिला मा भएको र यसले धेरै धनजन को नास गरेको हुनाले यस्तो कार्यक्रम अत्यन्त आवश्यक रहेक बताउनु भयो। र उहाले तालिमलाई पुर्णरुपमा आफ्नो जिल्लामा कार्यान्वयन गर्ने प्रतिबद्ता ब्यक्त गर्दै विपत व्यवस्थापनका क्षेत्रमा गरिने उपायका बारेमा जानकारी लिदै एउटा निणर्य र प्रतिवेदनका साथ स्थानिय तहमा निति र कार्यक्रममा समेत लागु गर्ने गर्नु भयो ।

जलबायु परिबर्तन र यसको मानब जीवनमा परेको प्रभाबको सन्दर्भ ध्यानमा राखी यो तालिमले तिला क्षेत्रमा भएका सामुदायिक बनहरु मध्य बढी जोखिम परेको छ वटा सामुदायिक बन छनोट गरि उनीहरुको क्षमत़ा अभिबृदिका लागी यो तालिम संचालन गरिएको हो। तिन दिन सम्म सञ्चलान गरिएको यस तालिम पश्चात छनोट गरिएका छ वटा सामुदायिक बनको कार्ययोजन बनाउने र त्यसलाई कार्यान्यन गर्ने लक्ष्य लिईएको छ।

प्रकाशित मिति : 25 जुलाई 2021, आइतवार
प्रतिक्रिया दिनुहोस