सामुदायिक वन दिवसको अवसरमा फेकाेफनका केन्द्रिय अध्यक्ष पाठकद्धारा शुभकामना

सामुदायिक वन दिवसको अवसरमा सामुदायिक वन उपभोक्ता महासंघ नेपालका अध्यक्ष भारती पाठले सम्पूर्ण सामुदायिक वन समुह, उपभोक्तालगाएत सम्पूर्ण हार्दिक शुभकामना ब्यक्त गर्नु भएको छ ।

साथै उँहाले मौलिक अभ्यासलाई संस्थागत गर्दै सामुदायिक वनको अवधारणादेखि हालसम्म विभिन्न तरिकाले सहयोग, समन्वय र सहकार्य गर्नुहुने (अवधारणा विकास, सामुदायिक वन हस्तान्तरण, अधिकार संरक्षणको अभियान, वन वातावरण संरक्षणको कार्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियकरण गर्ने, समुदायको क्षमता विकास गर्ने, समुदायमैत्री नीति निर्माण लगायतका प्रक्रियाहरुमा) राज्यका सम्बन्धित निकायहरु, राजनीतिक दल, सञ्चार क्षेत्र, नागरिक समाज, राष्ट्रिय अन्तर्राष्ट्रिय संघ संस्था, विकास साझेदारहरु, नीजि क्षेत्र, विज्ञ तथा अभियानकर्मीहरु र सम्पुर्ण सरोकारवालाहरु सबैमा धन्यवाद ब्यक्त गर्नु भएको छ ।

साथै रातदिन नभनी पाखो भूभागहरुलाई हरियालीमा परिणत गरी नेपाललाई सामुदायिक वनको देश भनेर विश्वमा परिचित गराउन सफल सामुदायिक वनका उपभोक्ता, नेतृत्व, शुभचिन्तक सहयोगी सबैमा हार्दिक बधाईसहित सफलताको शुभकामना ब्यक्त गनुभएको छ ।

प्रकाशित मिति : 4 अगस्ट 2021, बुधवार
प्रतिक्रिया दिनुहोस