समाजवादी अर्थ व्यवस्था र सामुदायिक वनको भूमिका विषयक दुरसंवाद कार्यक्रम सम्पन्न

सामुदायिक वन उपभोक्ता महासंघ, नेपालले सामुदायिक वन दिवसका अवसरमा सप्ताहब्यापी कार्यक्रम अन्र्तगत आज समाजवादी अर्थ व्यवस्था, निर्माण र समृद्धिमा सामुदायिक वनको भूमिका विषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष भारती पाठकले प्राकृतिक स्रोत साधन र वन क्षेत्रमा लामो समय देखि अनुभव भएका ब्यक्तित्व, सामाजिक संघ संस्था र विज्ञ ब्यक्तिहरुको अनुभव सुन्न र साटासाटा गर्न पाउनु अवसर रुपमा रहेको वताउदै आउँदा दिनमा आम उपभोक्ताहरुको आर्थिक, वातावरणीय तथा सामाजिक क्षेत्रमा विकास गर्नका लागि सामुदायिक वन मार्फत उद्यम विकास गरि हरित रोजगार श्रृजना गर्दै जिविकोपार्जनमा टेवा पुर्याउने कार्यमा महासंघ हरतरहले लाग्ने वताउनुभयो ।

कार्यक्रममा कार्यपत्र प्रश्तुत गर्दै समाजवादी अर्थ व्यवस्था विषयका विज्ञ डा. डिल्ली राज खनालले नेपालको कुल ग्रहास्थ उत्पादनको २४ प्रतिशत सामुदायिक वन क्षेत्रको योगदान रहेको वताउँदै वन क्षेत्रबाट हुने गरेको उत्पादनलाई कुशलतत पुर्वक ब्यवस्थापन गर्न सकेको खण्डमा गरिवी न्यूनिकरण हुने तथा सामाजिक न्याय र समानतामा आधारित समाजलाई रुपान्तरण र विकास प्रकृयामा सवैको पहुँच र संम्लग्नता गराउन सक्ने स्पष्ट पार्नुभयो ।

कार्यक्रममा अर्थशास्त्री गौरव ढुङ्खेलले नेपालमा वनको तथ्याङक संकलन प्रक्रियामा सरकार क्रियाशील नभएको वताउदै आवस्यक तथ्याङक प्राप्त गर्नु मुस्कीलको कुरा रहेकोले सामुदायिक वनको यस अभियानले यस प्रति मध्यनजर गर्नुपर्ने बताउनुभयो । उँहाले आर्थिक रुपले सम्पन्न ब्यक्ति झनै धनी र गरिव ब्याक्ति अझै गरिव रहेको तथ्य उल्लेख गर्दे सामुदायिक वन क्षेत्रवाट उत्पादित सामाग्रिहरुलाई विश्व वजारमा पुर्यान सके गरिवीको रेखामुनी रहेको दर घटाउन सकिने बताउनुभयो । अर्थशास्त्री डा. अपार जि.सी. ले जनता कासरी खुसी हुन्छन र देश कसरी अगाढी वढ्न सक्छ भन्ने कुरामा ध्यान दिन जरुरी छ यस कार्यमा सामुदायिक वनले वनमा आधारीत उद्यम सञ्चालन गर्दे नागरिकको जिवनस्तर वढाउन उल्लेखनिय भूमिका निर्वाह गर्नुपर्ने वताउनु भयो ।

कार्यक्रममा वोल्दै ग्रिन फाउण्डेसन नेपालका अध्यक्ष तथा तुल्सीपुर उपमहानगर पालिकाका मेयर घनश्याम पाण्डेले सामुदायिक वनले रोजगारि सृजना र कुल ग्रहास्थ उत्पादनमा उल्लेख्य भूमिका निर्वाह गरेको छ । उहाले सरकारले अझै पनि सामुदायिक वनमाथि केन्द्रिकृत हस्तक्षेप गर्न खोजेको आरोप लगाउनु भयो । कार्यक्रममा वोल्दै अन्य सहभागिहरुले संघ प्रदेश र स्थानिय तहसंग महासंघले समन्वय गर्दे आगामी दिनमा उद्यम सञ्चालन र रोजगारीका अवसरमा वृद्धि गर्नतर्फ लाग्नु पर्ने वताएका छन ।

कार्यक्रमको खुल्ला छलफलमा उठेका जिग्यासाहरुको जवाफ दिदै आगामि दिनहरुमा सामुदायिक वन उपभोक्ता महासंघ नेपालले समाजवादी अर्थ व्यवस्था, निर्माण र समृद्धिमा सामुदायिक वनको भूमिकाका सम्वन्धमा निरन्तर छलफल चलाई रहनु पर्ने वताउनु भयो । कार्यक्रम २६ गते सम्म निरन्तर सञ्चालन हुने छ र सवैलाई सहभागी हुन अनुरोध गदै अध्यक्ष भारती पाठकले कार्यक्रम समापन गर्नु भएको थियो ।

प्रकाशित मिति : 5 अगस्ट 2021, बिहिवार
प्रतिक्रिया दिनुहोस