सामुदायिक वन मार्फत उद्यम विकास र हरित रोजगारी प्रवद्र्धन

सामुदायिक वन उपभोक्ता महासंघ, नेपालले सामुदायिक वन दिवसका अवसरमा सप्ताहब्यापी कार्यक्रम अन्र्तगत आज तेस्रो दिन सामुदायिक वनको दिगो व्यवस्थापन वन उद्यम विकास र हरित रोजगारी प्रवद्र्धन विषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

 

कार्यक्रममा वोल्दै महासंघका अध्यक्ष भारती पाठकले सामुदायिक वन मार्फत समुदायमा आधारित वन उद्यम सञ्चालन गर्नु, रोजगार प्रवद्र्धन गरी गरिवि न्यूनिकरण गर्दै समृद्धी हासिल गर्नु अहिलेको महत्व पुर्ण अवसर भएको बनाउनु चुनौतिपूर्ण रहेको वताउनुभयो ।

कार्यक्रममा एन्साव नेपालका कार्यकारी निर्देशक भिष्म सुवेदीले आर्थिक विकासको लागि सामुदायिक वन उद्यमको को भूमिका प्रभावकारी रहने वताउदै यसका लागि उद्योग सञ्चालन गर्ने क्षमताको विकास गरी प्रविधि र वजारको विकास गर्नुपर्ने वताउनुभयो ।

यसैगरी एन्साव नेपालका पुष्प घिमिरेले वनमा आधारित उद्यमको पहिचान गर्दा स्रोत साधनको सुनिचितता र कस्तो किसिमको उद्यम सञ्चालन गर्दा दिगोपना कायम गर्न सकिन्छ त्यसमा मध्यनजर गर्नुपर्ने वताउदै उत्पादीत सामाग्रीको वजारिकरणको लागि प्रचारप्रसार र प्रविधिगत ब्यवस्था गर्नुपर्ने वताउनुभयो । नेपालको वनक्षेत्रबाट जैविक इन्धन, पर्यापर्यटन, कृषिवन, पानी, काष्ट तथा गैर काष्ठ जस्ता क्षेत्रवाट १३ लाख नागरिकले रोजगारिको आवसर प्राप्त गर्ने सम्भावना रहेको वताउदै यसका लागि वजार ब्यवथापन गर्न प्रतिवद्ध नेतृत्वको आवश्यकता रहेको वताउनुभयो ।

महिला उद्यमी अभिषा तुलाधारले उद्यम सञ्चालनका लागि नीतिगत र प्रशासनिक झञ्झट रहेको वताउदै उद्यमलाई ब्यवस्थित वनाउन नीजि क्षेत्र र संघ, प्रदेश र स्थानीय गरि तिनै तहका सरकार संग समन्वय र सहकार्य गर्नुपर्ने वताउनुभयो । ग्रिन फाउण्डेसन नेपालका अध्यक्ष घनश्याम पाण्डेले वन क्षेत्रको ब्यवस्थापन र उद्यम सञ्चालन गर्ने हो भने उपभोक्ता समुहहरुलाई वन ब्यवस्थापनको जिम्वेवारी दिनुपर्ने वताउनुभयो ।

कार्यक्रममा सहभागिहरुले कृषिवन, पर्यापर्यटन, जडीवुटी, फलफुल, काष्ठ, गैरकाष्ठ जस्ता उद्यमहरु विकास गरी रोवगारिको अवसमा वृद्धि गर्न सकिने वताएका छन् । कार्यक्रम २६ गते सम्म निरन्तर सञ्चालन हुने छ ।


 

 

 

 

प्रकाशित मिति : 7 अगस्ट 2021, शनिवार
प्रतिक्रिया दिनुहोस