महिलाको सशक्तिकरण, क्षमता अभिवृद्धी र सहभागिता गराउन महासंघ

सामुदायिक वन उपभोक्ता महासंघ, नेपालले सामुदायिक वन दिवसका अवसरमा सप्ताहब्यापी कार्यक्रम अन्र्तगत आज पाँचौ दिन संघियता, सामुदायिक सम्पत्तिको हक र लौङगिक समानताका लागि सामुदायिक वनको भूमिका र योगदान विषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा वोल्दै महासंघका अध्यक्ष भारती पाठकले राज्यका प्रमुख निकायमा महिलाको सशक्तिकरण, क्षमता अभिवृद्धी र सहभागिता गराउन सकेको खण्डमा सामदायिक वन दिवशले सार्थकता पाउने वताउनुभयो ।

कार्यक्रममा वोल्दै डा. भरत पोखरेलले जग्गा र स्रोत साधनको मालिक नागरिक भएतापनि माटोको स्वामित्व भने सरकारकै हातमा रहेको वताउनुभयो । उहाले राज्यले वन ऐन ल्याएता पनि त्यसको पूर्ण रुपमा कार्यान्वयन गर्न नसकेकोले समुदायले वन माथिको अधिकार प्राप्त गर्न नसकेको वताउनुभयो । उहाले वन जंगल र वन क्षेत्र समुदायले मात्र संरक्षण गरेकोले त्यसको स्वामित्व पनि समुदायलाई दिनुपर्ने वताउनुभयो ।

 

कार्यक्रममा डा. नयाँ शर्माले बसाई सराइ, जिवनशैली, वजारको अवस्था, विश्वब्यापिकरण र संघियताले सामुदायिक वनक्षेत्रलाई प्रत्यक्ष असर पारिरहेको बताउनुभयो । साथै वन र उद्यमका विचमा ठूलो खाडल रहेको भन्दै वन उद्यममा काम गर्नेलाई प्रोत्साहन दिनुपर्ने तथा उद्योक सञ्चालकलाई सहुलियत दिनुपर्ने दिनुपर्ने बताउनुभयो ।

संगिता बुढाथोकीले आर्थिक, सामाजिक, कानूनि सहायता, समावेशिता, सेवा प्रवाहमा विविधता र स्थानिय वातावरणीय ब्यवस्थापन गर्न सके आगामी दिनमा हरेक क्षेत्रमा महिला संलग्नता र सहकार्य हुने बताउनुभयो ।

कार्यक्रममा मोना शेर्पाले राज्यले श्रोत ,साधनमा विपन्न, दलित, आदिवासी जनजाति, मधेसी, महिला, पिछडीएका वर्गको सक्रिय सहभागिता र अधिकार सुनिश्चित गर्नुपर्ने वताउनुभयो ।


कार्यक्रममा सहभागिहरुले स्थानिय तहको योजना निर्माण, भूमिको प्रयोग, हक अधिकारमा आम नागरिकलाई संम्लग्न गराउन नसकेको वताएका छन ।

आगामी दिनमा महासंले महिलालाई रोजगारी श्रृजना र शसक्तिकरणका कार्यक्रम सञ्चालन गर्दे महिलालाई अधिकारका सवालमा सचेत र सशक्त गराउन आग्रह गरेका छन ।


प्रकाशित मिति : 10 अगस्ट 2021, मङ्गलवार
प्रतिक्रिया दिनुहोस