तुलसिपुर । स्थानीय सरकार तथा स्थानीय स्तरको समन्वयात्मक कार्यबाट नेपालमा वन अधिकार सुनिच्शितता कार्यक्रम ग्रीन फाउन्डेसन नेपालद्धारा तुलसिपुर, उपमहानगरपालिका दाङमा परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रम बन उपभोक्ता महासंघ नेपालका केन्द्रिय अध्यक्ष भारती पाठकको प्रमुख आतिथ्यता सम्पन्न भएको हो । कार्यक्रममा सामुदायिक बन उपभोक्ता महासंघको केन्द्रिय उपाध्यक्ष भिम प्रकाश खड्का, महासचिव बिर्ख बहादुर शाही, कोषाध्यक्ष पार्वता गौतम, सचिवालय सदस्य शान्ता न्यौपाने तुलसीपुर उपमहानगरपालिका दाङका बन अधिकृत ॐकान्त भट्टराई, ग्रीन फाउन्डेसन नेपाल दाङ शाखा अध्यक्ष विष्णु बहादुर केसी, सचिव सुरेश कुमार राउत, कोषाध्यक्ष केपी भण्डारी र स्थानीय सरकार तथा स्थानीय स्तरको समन्वयात्मक कार्यबाट नेपालमा वन अधिकार सुनिश्चितता कार्यक्रमका कार्यक्रम संयोजक र सहजकर्ताहरु लगाएतको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रम सहभागिको परीचयबाट सुरु भई परियोजनाको उद्देश्य, योजना र स्थानीय सरकारको भूमिकाको महत्त्व प्रकास पारिएको थियो। कार्यक्रममा वक्ताहरुले सामुदायीक वनमा सुशासन, सामुदायिक बन माथि उपभोक्ताको अधिकार, उद्यमको सम्भावनाको विषयमा छलफल भएको थियो।
उक्त कार्यक्रममा ग्रीन फाउन्डेसन नेपाल, दाङ शाखाका सचिव तथा स्थानीय सरकार तथा स्थानीय स्तरको समन्वयात्मक कार्यबाट नेपालमा वन अधिकार सुनिच्शितता परियोजनाका फोकल ब्यक्ति सुरेश कुमार राउतले स्थानिय सहजकर्ताहरुलाई उहाँहरुको काम कर्तव्य अधिकार र शुसान बारे अभिमुखिकरण गर्नु भएको थियो ।
स्थानीय सरकार तथा स्थानीय स्तरको समन्वयात्मक कार्यबाट नेपालमा वन अधिकार सुनिच्शितता परियोजनाका उद्यम विकास अधिकृत प्रेम उपाध्याय सुवेदीले सहजिकरण गर्नु भएको थियो ।