परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम रोल्पामा सम्पन्न

रोल्पा। स्थानीय सरकार तथा स्थानीय स्तरको समन्वयात्मक कार्यबाट नेपालमा वन अधिकार सुनिच्शितता कार्यक्रम ग्रीन फाउन्डेसन नेपालद्धारा रूण्टीगढी गाउँपालिका रोल्पामा परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम स्थानीय सरकार तथा स्थानी य स्तरको समन्वयात्मक कार्यबाट नेपालमा वन अधिकार सुनिच्शितता कार्यक्रम परियोजनाका फोकल ब्यक्ति घन वहादुर घर्तिको अध्यक्षता सम्पन्न भएको हो ।

कार्यक्रमा रूण्टीगढी गाउँपालिका रोल्पा अध्यक्ष बालाराम बुढाको प्रमुख आतिथ्यता तथा बन उपभोक्ता महासंघ नेपालका केन्द्रिय अध्यक्ष भारती पाठकको बिशिस्ट आतिथ्यता रहेकाे थियो।

उक्त कार्यक्रम सहभागिको परीचयबाट सुरु भई परियोजनाको उद्देश्य, योजना र स्थानीय सरकारको भूमिकाको महत्त्व प्रकास पारिएको थियो। कार्यक्रममा वक्ताहरुले सामुदायीक वनमा सुशासन, सामुदायिक बन माथि उपभोक्ताको अधिकार, उद्यमको सम्भावनाको विषयमा छलफल भएको थियो।

पालिका प्रमुखले वनमा आधारित उद्यम सञ्चालनमा ग्रीन फाउन्डेसन नेपाल, फेकोफनसँग समन्वय र सहकार्य गर्न इच्छुक रहेको जानकारी गराउनु भएको थियो।

उक्त कार्यक्रममा ग्रीन फाउन्डेसन नेपाल, दाङ शाखाका सचिव तथा स्थानीय सरकार तथा स्थानीय स्तरको समन्वयात्मक कार्यबाट नेपालमा वन अधिकार सुनिच्शितता परियोजनाका फोकल ब्यक्ति सुरेश कुमार राउतले स्थानिय सहजकर्ताहरुलाई उहाँहरुको काम कर्तव्य अधिकार र शुसान बारे अभिमुखिकरण गर्नु भएको थियो ।

कार्यक्रममा सामुदायिक बन उपभोक्ता महासंघको केन्द्रिय उपाध्यक्ष भिम प्रकाश खड्का, महासचिव बिर्ख बहादुर शाही, कोषाध्यक्ष पार्वता गौतम, सचिवालय सदस्य शान्ता न्यौपाने तुलसीपुर उपमहानगरपालिका दाङ का बन अधिकृत ॐकान्त भट्टराई, तथ्यांक अधिकृत बाबुराम न्यौपाने, स्थानीय स्तरको समन्वयात्मक कार्यबाट नेपालमा वन अधिकार सुनिश्चितता कार्यक्रमका स्थानीय कार्यक्रम संयोजक सुलभ अर्याल लगाएतले बोल्नुभएको थियो भने कार्यक्रमको सन्चालन तारा ओलीले गर्नुभएको थियो ।

स्थानीय सरकार तथा स्थानीय स्तरको समन्वयात्मक कार्यबाट नेपालमा वन अधिकार सुनिच्शितता परियोजनाका उद्यम विकास अधिकृत प्रेम उपाध्याय सुवेदीले सहजिकरण गर्नु भएको थियो ।

प्रकाशित मिति : 23 अगस्ट 2021, सोमवार
प्रतिक्रिया दिनुहोस