फेकोफनको राष्ट्रिय कार्यसमिति बैठक असोजमा दाङमा हुने

सामुदायिक वन उपभोक्ता महासंघ नेपालको राष्ट्रिय कार्यसमितिको छैठोैं बैठक असोजमा दाङमा हुने भएको छ । महासंघको ४१ अोैं स्थायी समितिको बैठकले राष्ट्रिय कार्य समितिको बैठक असोज ८, ९ र १० गते दाङको तुलसीपुरमा अायोजना गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय कार्य समितिको छैठौं बैठक दाङ जिल्लाभरिका उपभोक्ता र सरोकारवालाको उपस्थितिमा असोज ८ गते भव्य उदघाटन हुनेछ। उदघाटन पश्चात राष्ट्रिय कार्यसमिति अध्यक्ष भारती पाठकको अध्यक्षता, पूर्व अध्यक्षहरुको आतिथ्यता र पदाधिकारी तथा सदस्यहरुको उपस्थितिमा तीन दिनसम्म छलफल हुनेछ ।

बैठकमा सामुदायिक वनको सवाल, संगठन सुदृद्धिकरण लगायतका बिषयमा छलफल भई तुलसीपुर घोषणापत्र सार्वजनिक गरिनेछ । यस्तै सामुदायिक वन र उपभोक्ता अधिकार, कोभिडको प्रावले पारेको समस्याबारे पनि छलफल हुनेछ ।

प्रकाशित मिति : 13 सेप्टेम्बर 2021, सोमवार
प्रतिक्रिया दिनुहोस