सिमसार संरक्षण: पर्यटनमा वरदान

झापाको जामुनखाडी सामुदायिक वन, सिमसार संरक्षणमा मुलुककै अब्बल सावित हुँदैछ । कन्काई नगरपालिका वडा नम्वर १ र २ मा रहेको सामुदायिक वनले संरक्षण र पर्वधन गरेको सिमसार पर्यावरण र जैविक विविधताका लागि नमुना वनदै गएको छ । प्रकृति संरक्षणसँगै सामुदायिक वनले पर्यटन विकासमा समेत फड्को मारेको छ ।

मानव अतिक्रमणको चपेटामा परेर सिमसार क्षेत्र मासिँदै जाँदा त्यसले पर्यावरणमा असर पुगेको, खोलानाला तथा तालतलैया सुकेर पानीको संकटले बहुक्षेत्रमा ठूलो नोक्सानी व्यहोर्नुपरेको र चराचुरुङ्गी तथा वन्यजन्तु समेत नासिँदै गएको अवस्थामा स्थानीय समुदायको अग्रसरतामा झापाको जामुनखाडी सामुदायिक वनले गरेको सिमसार संरक्षण उदाहरणीय र सफल पहलकदमी हो ।

प्रकृति, पर्यावरण र वनको सही सदुपयोग गर्नसके स्थानीय उपभोक्ताहरुको हित र आर्थिक सम्वृद्धिमा सामुदायिक वन अगुवा हुनसक्छ भन्ने उदाहरण समेत हा, जाम े ुनखाडी सामुदायिक वन र त्यहाँको उपभोक्ता समुहले गर्दै आएको काम । किनभने जामुनखाडीमा सिमसार संरक्षणसँगै त्यसलाई आर्थिक सम्वृद्धिसँग जोडिएको छ । पार्क र चिडियाखाना बनाएर सिमसार क्षेत्र व्यवस्थापन गरिएको छ ।

छढ ४ सय ३४.२० हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वनभित्रको सिमसार जमिनमा पोखरी बनाएर पर्यटक आकर्षित गर्ने अभियान समुहले २०६५ सालदेखि नै कार्यान्वयनमा ल्याएको हो । त्यसका लागि जामुनखाडी सिमसार पर्यटकीय क्षेत्र नै बनाएर काम गरिएको छ । त्यसयता पार्कसहित सिमसार क्षेत्र पर्यटकका लागि खुला गरिएको छ ।

सिमसार क्षेत्रमै चिडियाखाना समेत निर्माण गरिएको छ । त्यहाँ हरिण, मृग, चितुवा, भालु, अजिंगर, बाँदर लगायतका जनावार र चराचुरुङ्गी पनि छन् । वन्यजन्तु हेर्न आउनेहरुको घुँइचो लाग्ने गरेको छ । नेपालका विभिन्न जिल्लाबाट र भारतका पश्चिम बंगाल, बिहारलगायतका राज्यबाट समेत पर्यटक आउने गरेका छन् । यसैगरी बालउद्यान पनि बनाइएको छ । अरु धेरै सामुदायिक वन र निजी क्षेत्रका लागि समेत प्रकृति संरक्षण र पर्यटन मार्फत आयश्रोत बढाउन जामुनखाडी सामुदायिक वनले गरेको काम प्रेरणा बन्ने गरेको छ ।

उपभोक्ता समुहका अध्यक्ष ख्यामराज सिटौला भन्नुहुन्छ–‘हामीले सिमसार क्षेत्र संरक्षण गर्दै त्यसलाई थप आम्दानीको श्रोत बनाउने काम समेत गरेका छौं । यही सामुदायिक वनको सिको गरेर अहिले धेरै वनले पार्क बनाएर सञ्चालनमा ल्याएका छन् ।’ सामुदायिक वनले पर्यटकलाई थप आकर्षित गर्न स्टिमर अवधारणा समेत ल्याएको छ ।

सिमसार क्षेत्रमा करिब ४० हेक्टर क्षेत्रफलमा पर्यापर्यटनका पूर्वाधार बनाईएको छ । यहाँ बर्षेनी २ लाखभन्दा बढी पर्यटक आउने गर्छन् । प्रवेश शुल्क, नौकाविहार, बालउद्यान, पार्किङ, वनभोजस्थल लगायतबाट २ करोड रुपैंयाभन्दा बढी आम्दानी हुन्छ । २०५२ सालमा हस्तान्तरण भै वन संरक्षणको जिम्मा पाएको जामुनखाडी सामुदायिक वन उपभोक्ता समूहले आफ्नो आम्दानी वन संरक्षण, सिमसार क्षेत्र जोर्गेना र उपभोक्ताको हितमा खर्च गर्दै आएको छ ।

खुला प्राणी उद्यानमा उद्धार गरेर ल्याइएका २ दर्जनभन्दा बढी विभिन्न प्रजातिका वन्यजन्तु छन् । तिनको प्राकृतिक बासस्थान व्यवस्थापन गरिएको छ । समुहले गरेको कामलाई प्रोत्साहन गर्दै खुला प्राणी उद्यान स्थापना र थप व्यवस्थित गर्न अहिले प्रदेश १ कोउद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पनि सघाएको छ ।

प्रदेश सरकारले दिएको रकममा टण् समुहले आफ्नो समेत लगानी थपेर असुरक्षित वन्यजन्तुको उद्धार गर्ने र जामुनखाडी सिमसारलाई खुला प्राणी उद्यान केन्द्रका रुपमा विकास गर्ने लक्ष्य राखेको छ । अध्यक्ष सिटौलाले भन्नुभयो– ‘प्रकृति, वातावरण, वन र उपभोक्ताको सम्वन्धबारे हामी नमुना काम गरेर देखाउन चाहन्छौ ।

यसमा यो सामुदायिक वनका सबै उपभोक्ता सहमत छन् । खुसी पनि छन् ।’ उपभोक्ता समुहले वन्यजन्तु तथा सिमसार संरक्षणमा जामुनखाडी सामुदायिक वनलाई मुलुककै उत्कृष्टस्थल तथा पर्यटकीय गन्तव्य बनाउने काम जारी छ । सामुदायिक वनको यो पहलकदमीले गाउँमा र उपभोक्ताको जीवनस्तरमा समेत धेरै सुधार आएको छ ।

उपभोक्ता समुहका अनुसार २० जनाले पर्यटकीय क्षेत्रसहितको योजनामा रोजगारी पाएका छन् । थप २० जनालाई दैनिक ज्यालादारीमा काम दिइएको छ । यसैगरी २ सयभन्दा बढी साना ठूला पसल व्यवसाय सञ्चालन गरेर उपभोक्ताहरुले स्वरोजारी पाएका छन् ।

त्यसैगरी उपभोक्ताहरुको आयआर्जन र गरिबी निवारण तथा गाउँको विकासमा सामुदायिक वनले धेरै काम गरेको छ । विपन्नको आर्थिक अवस्था सुधार गर्न होस् वा विद्यालयहरुलाई अनुदान दिने, सोलार बत्ति जडान गर्ने, गरिबलाई निशुल्क औषधीको व्यवस्था गर्ने, सडक निर्माण तथा मर्मत लगायतका काम समेत सामुदायिक वनका तर्फबाट हुँदै आएको उपभोक्ता समुहकी सचिव मनिता राईले जानकारी दिनुभयो ।

कतिसम्म भने विगतमा स्थानीय संरचनामा जनप्रतिनिधि नहुँदा समेत गाउँको विकास सामुदायिक वनले गर्दै आएको थियो । अध्यक्ष सिटौला भन्नुहुन्छ ‘विगतमा गाउँमा जनप्रतिनिधि नभएको बेलामा समेत विकास निर्माणको काम सामुदायिक वन उपभोक्ता समुह मार्फत हुँदै आएको थियो ।

उपभोक्ताले पनि विकासको केही काम गर्नुपरेमा सामुदायिक वनलाई नै भन्थे । सामुदायिक वन नै सरकार जस्तै जनताको सेवा गर्ने निकाय बनेको थियो ।’ सामुदायिक वन भनेको वन संरक्षण, उपभोक्तालाई चाहिने घाँसदाउरा र काठपातको व्यवस्थापन मात्रै हैन, आर्थिक सम्वृद्धिको ढोका खोल्ने ठाउँ पनि हो भनेर जामुनखाडी सामुदायिक वनले देखाएको छ ।

प्रकाशित मिति : 14 सेप्टेम्बर 2021, मङ्गलवार
प्रतिक्रिया दिनुहोस