पर्यटन र जलवायुलाई प्राथमिकता

म्याग्दीको रघुगंगा गाउँपालिका धौलागिरी हिमाल अवलोकनका लागि जानेहरु रमाउने पर्यटकीय गाउँ हो । त्यही गाउँमा अवस्थित छ, सिद्ध सामुदायिक वन । मगर समुदायको उल्लेख्य बसोबास रहेको यो ठाउँका उपभोक्ताले सिद्ध सामुदायिक वनलाई संरक्षण र पर्यटन प्रवर्धन मार्फत नमुना बनाएका छन् ।

धौलागिरी हिमाल नेपालको प्रसिद्ध मध्येको एक हो । यसको अवलोकन र आरोहणका लागि बर्षेनी ठूलो संख्यामा विदेशी पर्यटकहरु आउने गर्छन् । रघुगंगा गाउँपालिका वडा नम्वर ५ मा रहेको सिद्ध सामुदायिक वन क्षेत्र त्यही धौलागिरी आइसपोल जाने र मालिका मन्दिर जाने बाटो भएको क्षेत्र हो ।

त्यसैले यो ठाउँ आफैमा सामरिक महत्वको स्थान पनि हो । ठद्ध त्यसैले सिद्ध सामुदायिक वन पर्यटकीय गन्तव्यस्थल बन्दै गएको छ । ३३३.४७ हेक्टरमा फैलिएको र ३४७ घरधुरी उपभोक्ता भएको यो वन स्थानीय उपभोक्ताले २०५६ साल चैतदेखि समुह मार्फत संरक्षण गर्दै आएका छन् ।

सल्ला र सिर्मुका रुखहरुको बाहुल्यता रहेको सामुदायिक वनमा ७ बर्ष अघि सुख्खा र खालीपाखोमा उपभोक्ताले वृक्षारोपण गरेर अहिले घना वन बनाएका छन् । पर्यटकीय क्षेत्रमा पर्ने यो सामुदायिक वनले संरक्षणसँगै पर्यटन प्रर्वधन मार्फत गरिबी निवारणमा पनि पहलकदमी थालेको छ ।

वन क्षेत्रमा भएको रिर्सोट र होमस्टे मार्फत त्यहाँ पुग्ने बाह्य र आन्तरिक पर्यटकलाई सेवा सत्कारमा सहयोग पुगेको छ भने रिर्सोट सञ्चालन गर्न दिएवापत हुने सानै भएपनि आम्दानीले गरिब तथा विपन्न उपभोक्ताको हितमा काम गरिएको सिद्ध सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष पूर्णबहादुर थजालीले जानकारी दिनुभयो । सामुदायिक वन क्षेत्रमा दूरसञ्चारको टावर पनि छ । अग्ला ठाउँमा े भएकोले धौलागिरी तथा माछापुच्छ्े हिमाल हेर्न जानेहरुको सिजनमा बाक्लै भिड हुन्छ ।

त्यसैले थप आयआर्जनका लागि सामुदायिक वनले पर्यटन प्रर्वधनका योजना अघि सारेको छ । जसमा हरियाली बगैचा बनाउने, खेलमैदान निर्माण गर्ने र पर्यटकको बसोबासका लागि थप पूर्वाधार लगानीमा उपभोक्तालाई आकर्षित गर्ने रणनीति अघि सारको छ ।

म्याग्दी सदरमुकाम बेनीबजारबाट करिब दुई घण्टामा पुगिने भएकाले पनि आन्तरिक पर्यटक प्रर्वधनलाई समुहले प्राथमिकतामा राखेको छ । खासगरि चैत वैशाखमा फुल्ने लालीगुराँसले वनै धपक्कै हुने भएकोले त्यो समयमा धेरै मानिसहरु त्यहाँ पुग्छन् । तर त्यसबाट समुहले अहिलेसम्म धेरै लाभ लिन सकेको छैन् ।

पर्यटकीय गन्तव्यस्थल टोड्के त्यही गाउँमा भएकाले पनि पूर्वाधार भए धेरै पर्यटक तान्न सकिने छ । यसैगरी लोठसल्ला र अन्य जडिबुटी पनि लगाउने तयारी छ । वनभित्रै कालिज पाल्ने योजना समेत समुहले बनाएको छ । वन संरक्षण, हरियाली र जडीबुटी खेतीका लागि डिभिजन वन कार्यालयले समेत १० लाख ठछ रुपैंया उपलव्ध गराउने आश्वासन दिएको छ ।

त्यसबाहेक स्थानीय र प्रदेश सरकारसँग पर्यटन विकासका लागि योजना र बजेटको प्रस्ताव गर्ने सोच बनाएर पनि पर्यटन प्रर्वधनलाई अघि सारिएको समुहका अध्यक्ष थजालीले बताउनुभयो । वन क्षेत्रमै शिवालय र स्वर्गद्धारी आश्रम छन् । मालिका मन्दिर त्यहीँ हुँदै जाने भएकोले समुहले मन्दिर बनाउने योजना पनि अघि सारेको छ ।

त्यसले धार्मिक पर्यटन बिस्तारमा सघाउने विश्वास उपभोक्ता समुहको छ । त्यसका लागि गाउँपालिका पनि सहकार्य गर्न तयार रहेको रघुगंगा गाउँपालिका वडा नम्वर ५ का वडाध्यक्ष मनबहादुर शेरमनजाले जानकारी दिनुभयो । सामुदायिक वनभित्र मृग, रातो घोरल लगायतका वन्यजन्तु र थुप्रै प्रजातिका अन्य पशुपक्षीं छन् । सतुवा, चिराइतो लगायतका जडीबुटी प्रसस्तै पाइन्छ ।

आलु तथा मुला खेतीका लागि समेत उक्त क्षेत्र प्रसिद्ध भएकोले आयआर्जनमा सामुदायिक वन उपभोक्ता समुहले जडीबुटी, तरकारी खेती तथा पशुपालनलाई प्राथमिकता दिएर उपभोक्ताहरुलाई सघाउँदै आएको छ । समुहले गरिबी निवारणमा पनि काम गर्दै आएको छ । समुह भित्रका उपभोक्ताको घरगोठ आगलागीमा परेमा निःशुल्क काठ उपलब्ध गराउँदै आएको छ । यस्तै घुम्तीकोष मार्फत गरिब तथा विपन्न उपभोक्तालाई बंगुर, बाख्रा तथा कुखुरापालनमा सघाउने गरिएको छ ।

यस्ता अभियानले सामुदायिक वन संरक्षणमा उपभोक्ताको सक्रियता बढाउनुका साथै आयआर्जनमा सघाउ पुगेको समुहले जनाएको छ । समुहका अध्यक्ष थजाली भन्नुहुन्छ– उपभोक्ताहरुको आधारभूत आवश्यकता पुरा गर्दै वन संरक्षण र पर्यटन प्रर्वद्धनका कार्यक्रम मार्फत आर्थिक सम्वृद्धिमा सघाउने उद्धेश्यले काम अघि बढाउने रणनीति बनाएका छौं ।

त्यसैगरी सामाजिक तथा आर्थिक विकास, जलवायु परिवर्तनको प्रभाव अनुकुलन गर्न पनि समुहले उपभोक्ताहरुलाई सघाउँदै आएको छ । यस्ता धेरै कामले सिद्ध सामुदायिक वन नमुनाका रुपमा रहेको छ ।

प्रकाशित मिति : 15 सेप्टेम्बर 2021, बुधवार
प्रतिक्रिया दिनुहोस