सामुदायिक वनको सक्रियतामा वृक्षरोपण दिवस

काठमाडौ । सामुदायिक वनका उपभोक्ताहरुले राष्ट्रिय वृक्षरोपण दिवस २०८२ का अवसरमा देशभर वन र खाली पाखामा विरुवा रोपेर यो दिवस मनाएका छन् । वनको दिगो व्यवस्थापनको नेतृत्व गर्दै निरन्तर अभियान चलाइरहेका सामुदायिक वन उपभोक्ता र छाता संगठन सामुदायिक वन उपभोक्ता महासंघको अगुवाइमा वृक्षरोपण अभियान निरन्तर चलिरहेको छ ।

वृक्षरोपण दिवसको असरमा फकोफनको अगुवाइमा ललितपुरमा गरिएको वृक्षरोपण कार्यक्रममा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही र महासंघका अध्यक्ष ठाकुर भण्डारी लगायत सहभागी हुनुहुन्थ्यो । त्यसअवसरमा वनमन्त्री शाहीले नेपालमा वन विकास र व्यवस्थापनमा सामुदायिक वन उपभोक्ताहरुको योगदान अमूल्य रहेको चर्चा गर्दै वृक्षरोपणमा उपभोक्ताहरुको अग्रसरताबाट अरुले पनि पाठ सिक्नुपर्ने बताउनुभयो ।

यसैगरी फेकोफनका अध्यक्ष भण्डारीले नयाँ विरुवा रोप्ने र पुराना रुख व्यवस्थापन गर्दै जाने कामले आर्थिक सम्वृद्दि र वातावरण संरक्षणमा सन्तुलन कायम हुने बताउँदै महासंघले वृक्षरोपण अभियानलाई निरन्तरता दिएको जानकारी गराउनुभयो ।

राष्ट्रिय वृक्षरोपण दिवसकै अवसरमा भक्तपुर को चाँगुनारायण नगरपालिका ६ नगरकोटमा रहेको कालिका वहाल सामुदायिक वन क्षेत्रमा पनि फेकोफनकै अगुवाइमा वृक्षरोपण गरिएको छ ।
वृक्षरोपण दिवसको अवसरमा फेकोफन प्रदेश र जिल्ला तथा स्थानीय महासंघहरुले पनि आआफ्नो क्षेत्रमा वृक्षरोपण गरेका छन् । डिभिजन वन कार्यालयहरुको आयोजनामा सामदायिक वनहरुमा वृक्षरोपण पनि गरिएको छ । लुम्बिनी प्रदेशमा वन तथा वातावरण राज्यमन्त्री रूपा बिकको उपस्थितिमा बाँकेमा वृक्षरोपण गरियो । त्यसअवसरमा झिझरी सामुदायिक वन समूह ढकेरी बाँकेको प्राङ्गणमा भव्यरुपमा सहभागी भई राष्ट्रिय वृक्षारोपण दिवस मनाइएको हो ।

यसैगरी राष्ट्रिय वृक्षारोपण दिवस २०८२ कै अवसरमा डिभिजन वन कार्यालय काभ्रेपलाञ्चोकको बिरुवा तथा प्राविधिक सहयोगमा रातमाटे सामुदायिक वन पाचंखालमा टिम्मुर तथा कागती र ऐभोकार्डोको बिरूवा रोप्ने काम भएको छ ।

प्रकाशित मिति : 28 जुन 2025, शनिवार
प्रतिक्रिया दिनुहोस