सामुदायिक वन अधिकार सम्मेलन दाङमा सम्पन्न

तुलसीपुर । आफ्नो अधिकारका लागि सामुदायिक वनका उपभोक्ताहरु सडकमा आउनुपर्ने बेला आएको वन अभियानकर्मीहरुले बताएका छन् । दाङको तुलसीपुरमा आजदेखि सुरु भएको वन अधिकार सम्मेल तथा छैठौ राष्ट्रिय बैठकलाई सम्बोधन गर्दै उनिहरुले संघिय सरकारले बिभिन्न बाहनामा जनताबाट वन खोस्न लागेको बताए । सरकारले मान्छे भन्दा बाघलाई महत्व दिएर वन संरक्षीतका नाममा उपभोक्ताबाट वन खोस्न थालेको भन्दै यसका विरुद्धमा सबै लाग्नुपर्ने बताए ।

वर्दियामा न्युरो टिपन गएका ३ जनाको र चितवनमा माछा मार्न गएका चेपाङ समुदायका एक जनाको बाघको आक्रमणबा ज्यान गएको भन्दै उनिहरुले जंगली जनाबार भन्दा मान्छेलाई सानो देख्ने सरकारको आँखाका कारण गरिब जनता प्रताडित भएको बताउनुभयो ।

सो अवसरमा नेपाल नगरपालिका संघका अध्यक्ष अशोक बेञ्जु, वन महासंघका अध्यक्ष भारती पाठक, तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डे, पारिवारीक निजी वन संघका केन्द्रिय अध्यक्ष जोगराज गिरीले जनताले पालेको वन जनताले संरक्षण र उपयोग गर्न पाउनुपर्ने बताउँदै सरकारले सेनालाई जिम्मा दिएर वनमा सैनिकीकरण गर्न खोजेको अरोप समेत लगाए ।

त्यसैगरी कार्यक्रमा नेकपा एमाले दाङका अध्यक्ष टीकाराम खड्का, नेपाली कांग्रेसका सभापति कृतिबहादुर खड्का, बबई गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेल, कपुरकोट गाउँपालिका अध्यक्ष भिमबहादुर सेन, वन महासंघका उपाध्यक्ष भिम प्रसाद खड्का, वन महासंघ नेपालका न्यायीक समिति सदस्य सावीत्रा विश्वकर्मा, दोर्ण केसी, लगाएतले बोलेका थिए । स्थानीय वन महासंघका अध्यक्ष चन्द्रबहादुर वलीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन जिल्ला वन महास.घका कोषाध्यक्ष कमलराज पोख्रेलले गर्नुभएको थियो ।

 

प्रकाशित मिति : 24 सेप्टेम्बर 2021, शुक्रवार
प्रतिक्रिया दिनुहोस