वनको दिगो व्यवस्थापन ३ दिने तालिम शुरू

काठमान्डाै । आज मिति २०७८ कार्तिक ११ गतेबाट वनको दिगो व्यवस्थापन तालिम नयाँ बानेश्वर अल्फा हाउसमा संचालन भइरहेको छ । पहिलो दिनको कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष, सचिव, कोषाध्यक्ष, प्रदेश १ अध्यक्षले सहभागिहरुलाई स्वागत मन्तव्य र कार्यक्रमको बारेमा प्रकाश पार्नुभएको थियो ।

आजको प्रस्तुतीकरणमा वनको दिगो व्यवस्थापनका अन्तराष्ट्रिय अभ्यास दिलराज खनाल, वनको दिगो व्यवस्थापनको अवधारणा र मापदण्ड डा.सिन्धु ढुंगाना र वनको दिगो व्यवस्थापन स्थानीय सरकारको भुमिका विषयक घनश्याम पाण्डे ज्युले राख्नु भएको थियो ।

यस तीनदिने कार्यक्रममा १५ जिल्लाका अध्यक्ष, सचिव, र सदस्यहरुको उपस्थिती रहेको थियो र यस कार्यक्रमले वनको दिगो व्यवस्थापन सम्बन्धित साझा अवधारणा र रणनीतिहरु तयार गर्ने छ साथै विचार र वहसका लागि विभिन्न तहमा वकालत र पैरवी गर्नेछ ।

प्रकाशित मिति : 28 अक्टोबर 2021, बिहिवार
प्रतिक्रिया दिनुहोस