काठमान्डाै । सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल अन्र्तगत सञ्चालित सामुदायिक वन अधिकार सुनिश्चितता कार्यक्रमको तीन दिने समिक्षा तथा अभिमुखीकरण कार्यक्रम समाप्त भएको छ ।
महासंघका अध्यक्ष भारती पाठकको अध्यक्षतामा सञ्चालित कार्यक्रममा वोल्दै उहाँले पर्यापर्यटन उद्यमशिलता विकासमा जनताको अधिकार सुनिश्चित गर्ने गरि स्थानिय वन ऐन निर्माण गर्नुपर्ने वताउनुभयो ।
कार्यक्रमका मुख्य अतिथी डा. गंगाराम दाहालले प्रस्तुती प्रस्तुत गर्दे वन व्यवस्थापनको हिसाबले वन ऐनले समुदायलाई दिएको अधिकार प्रयोग गर्न पाउनु उपभोक्ताको अधिकार रहेको कुरा राख्दै सो अधिकार प्रयोग गर्न नपाईरहेको अवस्था निराशाजनक भएको र वन संरक्षणसंगै उत्पादनलाइ जोड्ने कुरामा सामुदायिक वनले स्वविवेकको निर्णय गर्नुपर्ने वताउनुभयो ।
कार्यक्रममा बोल्दै सामुदायिक वन उपभोक्ता महासंघका सचिव ठाकुर भण्डारीले स्थानिय सरकार संग समन्वय गरेर क्षमता विकासको कार्यक्रम सञ्चालन गनुपर्ने वताउनुभयो ।
साथै ग्रिन फाउण्डेसन नेपालका अध्यक्ष घनश्याम पाण्डेले वन उद्यमवाट प्रयाप्त सम्भावना रहेको बताउदै यसलाई जिविकोपार्जन संग जोड्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा डा. सिन्धु ढुङगानाले दिगो वनको ब्यवस्थापन समावेशिकरण र योगदान विषयमा आफ्नो प्रस्तुती प्रस्तुत गिर्नुभयो । साथै सुजन खनाल, गंगा विष्ट, अन्जु न्यौपाने, अविरल न्यौपाने लगाएतले आआफ्नो प्रस्तुती प्रस्तुत गर्नुभएको थियो ।
अभिमुखिकरणमा सामुदायिक वन अधिकार सुनिश्चितता परियोजना अन्र्तर्गत रहेर स्थानीय स्तरमा रहेर कार्य गरेका ३५ जना स्थानीय परियोजना संयोजकको उपस्थिती रहेको थियो ।