संरक्षण, पर्यटन, आयआर्जनमा नमुना

कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका वडा नम्वर १ रौटेला बाह्रकुण्डामा पर्छ बैजनाथ सामुदायिक वन । २०४७ सालदेखि स्थानीय उपभोक्ताले संरक्षण थालेर जोगाएको वन २०० हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

यहाँ ५०० घरधुरी उपभोक्ता आवद्ध छन् । संरक्षण र उपभोक्ता हितका हिसाबले यो वन जिल्लाकै एक नमुना सामुदायिक वनका रुपमा रहेको छ । कुण्डहरुको संरक्षण– तुमडी र रौटेला गरि दुई खोलाको बीचमा रहेको बैजनाथा सामुदायिक वन क्षेत्र धार्मिक तीर्थस्थल र कुण्डहरुको केन्द्रका ज्ञछठ रुपमा परिचित छ ।

यहाँ १२ कुण्ड अर्थात १२ वटा ताल छन् । ताल कतिपय सुकेका र कतिपय अतिक्रमण हुँदै गएकोले सामुदायिक वनले संरक्षण गरेर पानी पुनर्भरण गर्ने, पर्खाल लगाउने जस्ता काम गरेर जोगाइएको छ । यसले धार्मिक र जैविक विविधताका रुपमा महत्वपूर्ण योगदान पुगेको छ ।

पर्यटकीय गन्तव्य– वन क्षेत्रमा बैजनाथधाम छ । यो प्राचीन मन्दिर हो । यसको संरक्षण गर्दै अर्को मड्दीपधाम मन्दिर बनाएर धार्मिक पर्यटकलाई आकर्षित गर्ने काम सामुदायिक वन उपभोक्ता समुहले गरेको छ । बैजनाथ मन्दिरमा थप पूर्वाधार बनाउन सकेमा धार्मिक पर्यटकहरुको रोजाई बढ्ने र त्यसले स्थानीय उपभोक्ताहरुको आयआर्जन र रोजगारीमा मद्धत पुग्ने विश्वास गरिएको समुहका अध्यक्ष हिक्मत विष्टले जानकारी दिनुभयो ।

वनभोज स्थल– पूर्वपश्चिम राजमार्गबाट ५ किमी उत्तरतर्फ रहेको यो वन क्षेत्रलाई आन्तरिक पर्यटक तान्ने गरी वनभोज स्थल निर्माणलाई पनि प्राथमिकतामा राखिएको छ । तीनवटा पिकनिक स्थल बनाइएको छ । पानीको समेत प्रयाप्त सुविधा भएकोले महेन्द्रनगरदेखि वनभोज खान र रमाउन पुग्नेहरुको संख्या बढ्दै छ । पर्यटकी गन्तव्य बनाउने गरी विस्तृत अध्ययन प्रतिवेदन डीपीआर नै तयार पारेर काम अघि बढाईएको छ । वनमा बाघ पनि पाईने भएकोले पर्यटनमा थप सम्भावना समुहले देखेको छ । नगरपालिकाले भ्यूटावर समेत बनाउने तयारी गरेको छ । सामुदायिक वनमा पर्यापर्यटन मार्फत आयआर्जन बढाउने र उपभोक्ताको गरिबी न्यूनीकरण गर्ने योजना समुहको छ ।

वृक्षरोपण– वन संरक्षण अभियान अन्तर्गत सामुदायिक वनको खाली क्षेत्र मध्ये करिब ४० विघा क्षेत्रफलमा सिसम् लगायतका बिरुवा रोपेर हुर्काईंदै छ । संरक्षणका काममा नगरपालिकाको वडाले पनि सहयोग गरेको छ ।

तटवन्ध– दुबैतर्फ खोला र बीचमा जंगल भएकोले नदी कटान रोकेर वन तथा जमिन संरक्षणका लागि तटवन्ध निर्माण गरिएको छ । जसले वन संरक्षण र नदी कटानलाई कम गरेको छ ।

ज्ञछड वन संरक्षण– वन संरक्षण समुहको मुख्य प्राथमिकतामा छ । त्यसैले तारवार लगाइएको छ । काठबाट आम्दानी लिनेभन्दा अहिले संरक्षणको नीति लिने र पर्यटकीय सौन्दर्य बढाउँदै भविश्यमा आयआर्जन बढाउने योजना समुहको छ । त्यसैले उपभोक्ताहरुलाई पनि घाँस दाउरा मात्रै अनुकुल समयमा लिने र बाँकी वन जोगाउने भन्नेमा सचेतनााका तालिमहरु समेत दिने गरिएको छ । नर्सरी बनाएर बिरुवाहरु रोप्ने अभियान चलाइएको छ ।

आयआर्जनका काम– सामुदायिक वनले उपभोक्ताहरुको विपन्नता स्तर निर्धारण गरेर उनीहरुको आयआर्जन बढाउन बाखा्रपालन, तरकारी तथा फलफुल खेतीमा सहयोग गर्दै आएको छ । पशुपालनका लागि खेतवारीमा घाँस लगाउन बिउ दिने, पशुपंक्षीलाई दाना खुवाउने भाडा वितरण गर्ने काम पनि उपभोक्ता समुहले गरेको छ ।

सामाजिक सहयोग– बैजनाथ सामुदायिक वनले सामाजिक काममा पनि उत्तिकै सक्रियतापूर्वक योगदान गर्दै आएको छ । एकल महिलाहरुलाई सहयोग गर्नेदेखि समुहले कोभिड १९ र लकडाउनका बेला नगद, राहत सामग्री तथा दाउरा सहयोग गरेको छ ।

सिंचाई सुविधा– समुहको वन क्षेत्र छेवैमा बोरिङ्ग राखिएको छ । त्यहाँबाट बस्तीमा सिंचाईका लागि सहज भएको छ । करिब २० देखि २५ विघा क्षेत्रफलमा तरकारी तथा अन्य खेती गर्न सहज भएको छ ।

यस्तै वन क्षेत्र हुँदै गाउँमा आउने सिंचाई कुलो मर्मतमा पनि समुहले सघाउने गरेको छ । उक्त सिंचाई कुलोले करिब ४० घरपरिवारको झण्डै २ सय विघा जमिनमा सिंचाई हुन्छ ।

प्रकाशित मिति : 18 नोभेम्बर 2021, बिहिवार
प्रतिक्रिया दिनुहोस