नेपालमा वन संरक्षणमा समुदायको सक्रियता परापूर्वकाल देखिकै हो । तर सरकारी निकायले समुदायलाई वन हस्तान्तरण गर्न र सदुपयोग गर्न दिन अनिच्छुक भएकै कारण पञ्चायतकालमा वन विनास तिव्र भयो । त्यसपछि पनि राजनीतिक परिर्वतन वा राज्यसंरचना अस्थिर हुँदा वन फडानीका घटनाहरु भए । तर त्यो अधिकांश राज्यद्धारा संरक्षित वनमै भयो । जब समुदायले वन जिम्मा पाए, त्यसपछि भने वनको व्यापक विस्तार तथा सदुपयोग गरियो ।
समुदायमा आधारित वन व्यवस्थापनको इतिहास लामै भएपनि संस्थागत शुरुवात भने वन ऐन २०४९ र नियमावली २०५१ पछि नै तिव्र भएको हो । सामुदायिक वनको संस्थागत विकास हुनुअघि समुदायहरुका वन संरक्षणका पद्धतिहरु फरक थिए । त्यसै मध्येको एक हो, काभ्रे जिल्लाको तत्कालिन टुकुचा गाविस र हालको बनेपा नगरपालिका वडा नम्वर १ पाण्डे गाउँको सानो वन । भक्तपुर जिल्लासँग जोडिएको यो क्षेत्रमा पहिला उन्यूका बुट्यान मात्रै थिए ।
गाउँमा वन नभएपछि उपभोक्ताहरुलाई एकभारी घाँस र दाउरा लिन बिहान हिडेर १० किलोमिटर टाढा हालको मण्डनदेउपुर नगरपालिकाको छहरेको वनसम्म पुग्नपर्नु े र फर्कदा साँझ पर्ने । त्यसमा पनि कहिले काहीँ त दाउराका भारी नै बाटोमा खोसिएर रित्तै फर्कनुपर्ने अवस्था । ज्ञटण् त्यही स्थितिमा २०१९ साल चैत ११ गतेदेखि स्थानीयले वन संरक्षणको संस्थागत थालनी गरेको पाइन्छ ।
अधिकांश पाण्डेहरुको बसोबास रहेको पाण्डे गाउँका १८ पुरुष, २ महिला गरि २० घरधुरीले बैठक नै बसेर वन जोगाउने उद्धेश्यले प्रकृया थालेका थिए । त्यही बैठकले देवबहादुर पाण्डेलाई पालेका रुपमा नियुक्त गरी प्रति घर चारमाना धान दिने र गाउँलेहरुले हरियो बिरुवा तथा रुख नकाट्ने सहमति भएको थियो । २०१९ सालमा समुह वनाउँदा संस्थापक तथा सल्लाहकार रामबहादुर पाण्डे हुनुहुन्थ्यो । पछि समुदायले वन जोगाउँदै गएपछि २०४३ साल भदौं २५ गते अष्ट्रेलियन वन परियोजनाले गाउँमा आएर संरक्षण र समुहलाई सघाएको थियो ।
परियोजनाकै सहयोगमा व्यवस्थापन निर्देशिका बनाउन २८ सदस्यीय समिति बनाईएको थियो । त्यहीक्रममा २०४३ साल पुस १५ गते कृष्णबहादुर पाण्डेको अध्यक्षतामा ७ सदस्यीय वन व्यवस्थापन समिति नै बनाइयो । त्यो बेलाका उपाध्यक्ष खड्गबहादुर पाण्डे अहिले ८३ बर्षका हुनुभया । श े ुरुका ती दिनहरु सम्झँदै उहाँले भन्नुभयो ‘वन नहुँदा हामीलाई चुलो बाल्न पनि सारै दुःख थियो । छहरेको वन गएर आउँन एक दिनभर लाग्ने, अनि कहिले त दाउरा ल्याउँदा पनि बाटैमा खोसिदिने जस्ता समस्या भोगेपछि हामी आफैं जम्मा भएर वन जोगाउन थालेका थियौं ।’ त्यही वन २०४५ साल असार २८ गते तत्कालिन जिल्ला पञ्चायत सचिवालय वन शाखा काभ्रेपलाञ्चोकले समुह गठन गरी स्वीकृत गरेको हो ।
त्यहीपछि सामुदायिक वन भयो । त्यसैले २०१९ सालबाट योजनावद्ध संरक्षण थालेकोले समुहले र गाउँलेहरुले सानो वन सामुदायिक वनलाई नेपालकै पहिलो मध्येको एक मान्छन् । समुहले २०४३ सालमै वनमा अग्निरेखा निर्माण गरेको थियो भने २०४४ साल वैशाख ३ गते वृक्षरोपण गरिएको थियो । त्यसै बर्ष वन पैदावार वितरणका लागि ढक तराजुको व्यवस्था समुहले गरेको थियो । २०४५ सालमा सामुदायिक वन र अष्ट्रेलियन वन परियोजनाको सहयोगमा पाण्डे गाउँमा विजुली बालिएको थियो ।
उन्यूले घेरिएको बुट्यान घना जंगल भएपछि गाउँमा दाउरा घाँस र काठपातको समस्या टर्दै गयो । उपभोक्ता समुहका अध्यक्ष प्रकाश पाण्डेका ज्ञटज्ञ अनुसार इतिहास बोकेको वन भएकोले पनि यहाँ अहिले पर्यटन प्रवद्र्धन र आयआर्जनका योजनासहित इतिहास जोगाउने गरी काम गरिँदैछ । हाल सामुदायिक वन उपभोक्ता समुहमा ७५ घरधुरी उपभोक्ता आवद्ध छन् । वनको क्षेत्रफल १७.१८ हेक्टर छ । वनको माथिल्लो भागमा वन भगवतिको मन्दिर छ । चौरी पाईला, बासुकी थुम्की, झाँक्री ढुंगा जस्ता पर्यटकीय र धार्मिक महत्वका स्थलहरु छन् ।
त्यहाँबाट काठमाडौं उपत्यकासहित काभ्रेका फाँटहरु पनि देख्न सकिने भएकोले पर्यटन प्रवद्र्धनका काम अघि बढेका छन् । सरकारको पहलमा १३ करोडभन्दा बढीको गुरुयोजनाका कामहरु अघि बढेका छन् । त्यसका लागि सामुदायिक वन उपभोक्ता समुहले पनि पहल गरेको बनेपा नगरपालिका कार्यपालिकाकी सदस्य समेत रहनुभएकी समुहकी पूर्व कोषाध्यक्ष प्रमिला पाण्डेले जानकारी दिनुभयो । पृथ्वीनारायण शाहले ऐतिहासिक महत्व बोकेको र सामरिक महत्वको नाला बजार आक्रमण गर्न प्रयोग गरेको गढी यहि वनको माथि छ ।
त्यहाँ भ्यू टावर बनाउन लागिएको छ । यहाँको पर्यटन विकासले भविश्यमा वनको महत्वलाई झन बढाउने र उपभोक्ताहरुको आयआर्जनमा सघाउने विश्वास समुहको छ । ‘हामीले वन जोगाएका छौ, वनले पनि त हामीलाई जोगाउँला नि, आम्दानीमा सघाएर’–समुहकी सदस्य रमा सुनारले भन्नुभयो । समुहका पूर्वसचिव मिठाराम पाण्डेका अनुसार वनको मुहानबाट आउने पानीले गाउँका सबैघरलाई २४ सै घण्टा पानीको सुविधा छ । त्यसैले पनि संरक्षणमा बढी चासो दिने गरिएको छ ।
सामुदायिक वनले जति इतिहास बोकेको छ, त्यही रुपमा योगदान र नेतृत्व विकास, सामाजिक सचेतना, गरिबी न्यूनीकरण जस्ता काममा पनि उपभोक्ता समुहले त्यति नै सक्रियता देखाएर काम गरेको छ । समुहकी कोषाध्यक्ष सानी सुनार भन्नुहुन्छ–‘महिलाहरुलाई अघि बढाउन र विभेद तथा कुरिती हटाउन सामुदायिक वनले धेरै काम गरेको छ ।’ महिलाहरुलाई वनले धेरै दुःखबाट सहुलियत दिएकोले आफू पाँच बर्षसम्म निशुल्क हेरालु बसेको समुहकी सदस्य ईश्वरी पाण्डेले जानकारी दिनुभयो । त्यसक्रममा वनमा पशुपंक्षी शिकार गर्न आएकाहरुलाई गस्ती गरेर बन्दुकसमेत खोसेर जरिवाना तिराउन आफूहरु सफल भएको उहाँको भनाई छ ।