वन र वातावरण जोगाउन सामुदायिक वनका उपभोक्ताको योगदान महत्वपूर्ण : सचिव भण्डारी

काठमाडोैं। सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सचिव ठाकुर भण्डारीले जलवायु परिवर्तनको असरबाट स्थानीय जनता बढी प्रभावित बनेको बताउनु भएको छ ।

फेकोफन कैलालीको आयोजनामा लम्कीचुहा नगरपालिकाको सामुदायिक वन समुहका प्रतिनिधिहरुसँग विपद ब्यबस्थापन विषय एक दिने तालिममा सचिव भण्डारीले वन र वातावरण जोगाउन

सामुदायिक वन उपभोक्ताको योगदान कसैले विर्सन नसक्ने बताउनुभयो ।
लम्कीचुहा-१ मनोहरा होटेलमा सम्पन्न भएको तालिममा सचिव ठाकुर भण्डारी, प्रशिक्षक राज बहादुर रोकाय, जिल्ला महासंघका अध्यक्ष कर्ण रावलले सहजीकरण गर्नुभएको थियो ।

तालिममा सामुदायिक वनको विधान, कार्ययोजना र समुदायमा हुने विपद जोखिम न्यूनीकरणका बारेमा व्यापक छलफल भएको थियो । कार्यक्रमको सञ्चालन स्थानीय महासंघका सचिव ममता रावलले गर्नुभएको थियो ।

प्रकाशित मिति : 21 नोभेम्बर 2021, आइतवार
प्रतिक्रिया दिनुहोस